जामुनाखर्कमा बस्ती संरक्षणका लागि ढल निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ जामुनाखर्कममा भल व्यवस्थापनका लागि ढल निर्माण गरिएको छ । बेनी नगरपालिकाबाट आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजन भएको १० लाख रुपैयाँ बजेटबाट उक्त ढल निर्माण गरिएको हो ।

६० मिटर पक्की ढल (क्यास्केट) नयाँ र पुरानो गरि ५० मिटर बाटोको छउँछाउँमा नालि निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर विश्वकर्माले बताउनुभयो । बेनपा ९ नेप्टेचौरको माटोविसौना देखि नै बर्षाको समयमा समयमा ठुलो भल आउने हुँदा वल्लो गाउँ र पल्लो गाउका स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको थियो ।

नेप्टेचौर देखि आउने उक्त भल त्यही ढल हुँदै बेनीको डल्लेपिपलमा हुँदै कालीगण्डकी नदिमा मिसिने गर्दछ । ठाडोखोल्सामा वर्षाको समयमा आउने भलले स्थानीय सुवास विश्वकर्माको खेतियोग्य जमिन समेत मासिनुका साथै उहाँको लगायत केही घरहरुलाई पनि जोखिम बढेको थियो ।

बस्ती संरक्षण गर्ने गरि बर्षे भललाई तर्काउनका लागि व्यवस्थित ढल निर्माण गरिएको वडा अध्यक्ष कृष्णसिंह बानियाँले बताउनुभयो । अहिले ६० मिटर सम्म निर्माण गरिएको र बाँकी खण्डमा पनि आवश्यकता अनुसार पुन बजेट व्यवस्थापन गरि पक्की ढल बनाईने अध्यक्ष बानियाँले बताउनुभयो ।

मुख्य बाटोमा वारपार गर्नका लागि पनि ढल माथि पक्की संरचना बनाईएको छ । बर्षाको समयमा आउने ठुलो भलले साना बालबच्चा तथा, जेष्ठ नागरिकहरुलाई वारपार गर्न समस्या भएको थियो, स्थानीय सुवास विश्वकर्माले भन्नभुयो, ‘पक्की ढल निर्माण भएपछि भल व्यवस्थित हुनुका साथै वाटो पार गर्न पनि सहज भएको छ’ ।

You can share this post!

मौलिकता रुचाउने रवि र दिलुको ‘हाँस्ने बोल्ने गरेपो माया बढ्छ’

धार्मिक पर्यटनको विकासमा जुटे बगरफाँटबासी

Related posts