मौलिकता रुचाउने रवि र दिलुको ‘हाँस्ने बोल्ने गरेपो माया बढ्छ’

म्याग्दी । लोकप्रीय लोक गायक रवि कार्की र दिलु मगरको मौलिकपना बोकेको लोक दोहोरी गीत हाँस्ने बोल्ने गरेपो माया बढ्छ हालै सार्वजनिक भएको छ । रवि कार्कीको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीतले दर्शक श्रोताको मन जित्दै गएको छ । खुमन थापाको प्रस्तुतीमा रवि कार्की र दिलु मगरको सुमधुर आवाजमा रहेको गीतका टुक्काहरुलाई टिकटकमा रुचाउन थालिएको छ ।
म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ५ भिरमुनी घर भई हाल रोजगारीको शिलशिलामा जापानमा रहनुभएका लोकप्रीय सर्जक प्रविण खत्री ठुलेको शव्द सृजनामा रहको उक्त गीतमा गायक कार्कीले लय सृजना गर्नुभएको छ ।

परम्परागत मौलिकता झल्किेन गरि रोधी बसेर तयार गरिएको म्युजिक भिडियोमा निक्स शर्मा र रुविना अधिकारीको मूख्य अभिनय रहेको छ भने कुमार केसीले निर्देशन गर्नुभएको छ । म्याग्देली गायीका दिलु मगरको यो पहिलो सांगीतिक कोशेली पनि हो । टिकटकमा यानीमाया लगायत पुराना मौलिक गीत गायर चर्चा बटुल्नुभएकी गायीका मगरले गायक कार्की संगको सहकार्यमा यो गीत गाउनुभएको हो ।

माया प्रीतिमा आधारित गीतका शव्द, लय र भिडियोमा समेत मौलिकता समावेश भएको छ, गायक कार्कीले भन्नुभयो ‘गीतले विस्तारै दर्शक श्रोताको माया पाउने छ भन्नेमा हामी आशावादी छौँ’ । हाँस्ने बोल्ने गरेपो माया बढ्छ, यो हाम्रो समाजमा सुनिदै आएको पुरानो कथन जस्तै पनि हो यसैलाई हामीले गीतको थेगोको रुपमा प्रयोग गरेका छौँ, गायक कार्कीले भन्नुभयो ।

पहिलो गीतमा पनि राम्रो प्रतिक्रिया आएकाले निरन्तर गीत संगीतमा लाग्ने हौसला मिलेको गायीका दिलु मगरले बताउनुभयो । बेनी नगरपालिका ३ भकिम्ली घर भई हाल पोखरामा बस्दै आउनुभएकी गायीका मगरले जिल्लाका पुराना संस्कृति यानीमाया, सालैजो, शिरफुले जस्ता गीतहरु पनि आगामी दिनमा प्रस्तुत गर्दै जाने बताउनुभयो ।

गायक कार्कीले जिल्लाबाट मौलिक लोक गीतमा बेग्लै पहिचान बनाईसक्नुभएको छ । उहाँका जाम सुस्तै, माया के रैछ, बेनी बजार झर मायालु, साइली सलक्कै, गलेश्वरको दर्शन लोक भजन लगायतका गीतहरु जनमानसमा लोकप्रीय बनेका छन । लोक संगीतको क्षेत्रमा पूर्ण रुपमा समर्पित गायक कार्की सांगीतिक प्रस्तुतीका लागि कतार, दुवै लगायतका देशहरुमा पुग्नुभएको छ । अन्य देशहरुमा पनि कार्यक्रमका लागि कुरा भईरहेको उहाँको भनाई छ ।

You can share this post!

मोना फ्रान्सको अध्यक्षमा देबेन्द्र केसी

जामुनाखर्कमा बस्ती संरक्षणका लागि ढल निर्माण

Related posts