लायन्स क्लव अफ बेनी सिटीद्वारा शैक्षिक सामग्री सहयोग

म्याग्दी । लायन्स क्लव अफ बेनी सिटीले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

अध्यक्ष राजु बानियाँको कार्य समितिले सोमबार कार्यकालको पहिलो कार्य स्वरुप बेनी नगरपालिका वडा नम्वर ६ छापमा रहेको बागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

यसैविच बर्ष २०२१–२०२२ का अध्यक्ष मिलन बानियाँले बर्ष २०२२–२०२३ का अध्यक्ष राजु बानियाँलाई सफल कार्यकालको शुभकामना सहित कुर्चि हस्तान्तरण गर्नुभएको हो ।

गत चैत २४ गते क्लवको नवौँ वार्षिक साधारण सभाबाट बानियाँ अध्यक्षमा चयन हुनुभएको थियो । सोहि अवसरमा अध्यक्ष बानियाँले बार्षिक कार्य योजना समेत सार्वजनिक गर्नुभएको छ ।

वृक्षारोपण, रक्तदान, शैक्षिक सामग्री वितरण, धवलागिरी लायन्स क्लव स्तरीय व्याडमिन्टन प्रतियोगीता, निशुल्क आँखा शिविर, सुगर पे्रसरको निशुल्क परिक्षण शिविर संचालन गर्ने योजना सहितको प्रतिवद्धता जनाउनुभएको छ ।

क्लवद्वारा म्याग्दी बालगृहमा गर्दै आएको वार्षिक ३० हजार सहयोगलाई निरन्तरता दिने, ट्राफिक सम्वन्धि जनचेतनामूलक कार्यक्रम गर्ने, अपांग विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्ने, लगायत योजना बनाएको अध्यक्ष बानियाँले बताउनुभयो ।

त्यस्तै गरिव तथा असहाय व्यक्ति तथा परिवारलाई खाद्यान्न सहयोग तथा बाढि पहिरो लगायत प्राकृतिक विपत्तिका समयमा उद्धार तथा राहतका लागि सहयोग गर्ने योजना बनाएको पनि अध्यक्ष बानियाँले बताउनुभयो ।

बागेश्वरी आधारभूत विद्यालयमा भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष अम्विक कुमार श्रेष्ठ, पूर्व अध्यक्ष दिपु श्रेष्ठ, बेनपा ६ का वडा अध्यक्ष कृष्णसिंह वानियाँ लगायत कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम पूर्व अध्यक्ष बानियाँको अध्यक्षता र सचिव महेन्द्र श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

‘मिस एसईई–२०२२’ विजेता लिया पुनलाई सम्मान

पर्यटकीय स्थल चिनाकोट पुग्ने पदमार्ग निर्माण

Related posts