मराङ खोलामा पक्की पुल निर्माण

म्याग्दी । धवलागिरी गाउँपालिका –५ मल्कवाङ र ६ मराङ वस्तीलाई सडक सञ्जालसँग जोड्न अर्कला स्थित मराङ खोलामा पक्की पुल निर्माण गरिएको छ । धवलागिरि र मालिका गाउँपालिकाको सिमाना स्थित मराङ खोलामा मोटरेवल पुल निर्माण अन्तिम चरण पुगेको छ ।

पुल निर्माण अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । तिन गाउँपालिका जोड्ने गरी रिङरोडको परिकल्पना गरेर ५ वर्ष अघि निर्माण गरिएको मालिका गाउँपालिकाको केन्द्र दरबाङ, विम हुँदै धवलागिरी गाउँपालिको मराङ, मल्कवाङ र रघुगंगा गाउँपालिकाको ८ नम्बर वडा कुइनेखानी जोड्ने सडक अन्तर्गत मराङ खोलामा मोटरेबल पुल निर्माण गरिएको हो ।

पुल नहुँदा यी वस्तीमा वर्षातका समयमा यातायात अवरुद्ध हुँदै आएको थियो । पुल निर्माण सम्पन्न भएपछि धवलागिरिको वडा नम्बर ५ मल्कबाङ, ६ मराङ र रघुगंगा गाउँपालिकाको ८ कुइनेखानीका स्थानीयवासीहरुलाई आवतजावत गर्न सहज हुनेछ ।

पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले २०७६ माघ २९ गते दुईवर्षमा सक्ने गरी फेवा सावित्री पोखराको निर्माण कम्पनीसँग २ करोड ७२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । गत चैत ३० गते सम्म सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण पुल निर्माण गर्न केही महिना ढिला भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । थपिएको म्याद भित्र निर्माण कम्पनीले मजदुर र उपकरण परिचालन गरेर समयभित्रै पुल निर्माण सक्न थालेको कार्यालयले जनाएको छ ।

पुल निर्माण अन्तिमचरणमा पुगेको र अर्को आर्थिक वर्षको दुई तिन महिनाभित्र निर्माण सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार ७ मिटर चौढाई रहेको उक्त पुल २५ मिटर लामो पुलको ढलान काम सम्पन्न भएको छ । पुलको दुवैतर्फको संरचना निर्माण गर्न वाँकी छ, अवको दुई तिन महिनामा सवै सम्पन्न भई यातायात संचालन हुने अधिकारीको भनाई छ ।

मराङ खोलामा पुल बनेसँगै वर्षातका समयमा आवतजावत गर्न, बिरामीलाई अस्पताल पु¥याउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी तथा गाउँमा उत्पादन भएको कृषिजन्य वस्तुको निकासीमा सहज हुने अपेक्षा गरिएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

You can share this post!

महावीर पुन गण्डकी रत्नबाट विभूषित

मानव अधिकार एलायन्सले स्थापना दिवस मनायो

Related posts