धवलागिरीमा भलिबल संघ गठनः अध्यक्षमा अर्जुन घर्ति

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा भलिबल संघ गठन भएको छ । सोमबार गाउँपालिकाको केन्द्र मुनामा आयोजित भेलाबाट अर्जुन घर्तिको अध्यक्षतामा धवलागिरी गाउँपालिका भलिबल संघ गठन भएको हो ।

संघको उपाध्यक्षमा भक्त पुन, सचिव सिर्जन घिमिरे र कोषाध्यक्षमा खिरु रोका चयन हुनुभएको जिल्ला भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।

त्यस्तै कार्य समिति सदस्यहरुमा ओम भण्डारी, प्रताव भण्डारी, तिलक पुन, शेर छन्त्याल, सरन छन्त्याल, रेशम पुन, पूर्ण गर्वुजा, प्रकाश गुरुङ्, शेर बहादुर पुन, तेजेन्द्र विश्वकर्मा, विशाल विश्वकर्मा, मनिशा रसाईली, जुनु गुरुङ, सबहादुर विश्वकर्मा र रुपेश बुढा रहनुभएको छ ।

धवलागिरी गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष अशोक खत्री र मदन मल्ललाई सल्लाहकारमा चयन गरिएको महासचिव किसानले बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्वर ७ का वडा अध्यक्ष अशोक खत्रीले भलिबल खेलको विकासमा संघले विभिन्न गतिविधिहरु संचालन गर्न आवश्यक हुने त्यसका लागि वडा तथा पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जिल्लामा भलिबलको खेलको धेरै सम्भावना रहेको बताउनुभयो । जिल्लाबाट राष्ट्रिय स्तरमै पुग्ने गरि खेलाडिहरु उत्पादन भईरहेको बताउदै बानियाँले खेल र खेलाडि संग सम्वन्धित प्रशिक्षण, अभ्यासहरु संचालन गरि खेलाडिहरुको क्षमता अभिवृद्धि गराउनका लागि संघले वडा तथा पालिकाहरुसंग समन्वय गरि काम गर्ने बताउनुभयो ।

You can share this post!

मालिकामा भलिबल संघ गठन

जनताको समस्या बुझेर काम गर्न काँग्रेस नेतृ राणाको आग्रह

Related posts