पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

 

पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।

१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन ।

जहाजको खोजी कार्य सुरु गरिएको छ ।

You can share this post!

बरंजाका मेहनती रेशमको रहरलाग्दो नर्सरीः४० हजार सुन्तलाको विरुवा तयारी

हराएको विमानमा १६ नेपाली र ६ विदेशीः मुस्ताङको घाँसामा खोजी हुँदै

Related posts