सेते तिलिजा पुन
म्याग्दी । अन्नपूर्ण गाउँपालिका –५ स्थित शिख मा.वि. शिखमा अध्ययनरत विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ ।
विहिबार बिद्यालयमा आयोजित कार्यक्रममा नेपाल सरकारबाट प्रदान गरिने कक्षा १–८ सम्मका सम्पूर्ण दलित विद्यार्थीहरूलाई छात्रवृत्ति, १–८ सम्मका जनजाति छात्राहरूलाई जनजाति छात्रवृत्ति र अपाङ्ग छात्रवृत्ति प्रदान गरिएको हो । साथै बिद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट, पेश बहादुर पाइजा छात्रवृत्ति, लक्षमण÷लिलाराम छात्रवृत्ति र विराज स्मृति छात्रवृत्तिहरू पनि वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाका अधिकृत गणेश बहादुर कटुववाल, शिक्षक अभिभावक संघका निर्वतमान अधयक्ष कृष्ण बहादुर पाईजा, प्रधानाध्यापक केदार बहादुर कार्की लगायतले विद्यार्थीहरुलाई छात्रबृत्ति र पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यसैगरी पुनहिलका संस्थापक, यस क्षेत्रका अग्रणी व्यक्तित्व, स्वर्गीय मे. टेक बहादुर पुनको स्मृतिमा एसईईमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्ति तथा कदर पत्र प्रदान गरिएको थियो । सो सम्मान वि.स. २०६४ साल बाटै दिँदै आइरहेको थियो तर २०७६ सालमा कोरोनाको कारणले लकडाउन भइ असहज भएको कारणले स्थगित गरिएको थियो ।
२०७६ का एसईई सर्वोत्कृष्ट विद्यार्थीहरू अन्जली पाइजा, मेनुका पाइजा, उषा नेपाली लिजन पुन र शिव पुन र २०७७ का अमिन्दा पाइजा र सोहम शेरपुजा गरी ७ जनालाई एसईई सर्वोत्कृष्ट छात्रवृत्ति जनही रू. १०÷१० हजारका दरले कदर पत्र सहित प्रदान गरिएको हो ।
स्वर्गीय मे. को परिवारको प्रतिनिधिको रुपमा आउनु भएको श्री डक बहादुर बुदुजा पुनले सातै जनालाई छात्रवृत्ति, कदर पत्र, डायरी र पेन वितरण गर्नुभएको थियो ।
कार्यक्रम शिक्षक अभिभावक संघका निर्वतमान अधयक्ष कृष्ण बहादुर पाईजाको अध्यक्षता, शिक्षक बेग बहादुर पुनको स्वागत र शिक्षक खेम बहादुर पाईजाको संचालनमा सम्पन्न भएको थियो ।