मालिकामा घर–घर जाउँ कांग्रेस जिताउ अभियान सुरु

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको घर–घर जाउँ कांग्रेसलाई जिताउ अभियान अन्तरगत आइतवार देखि मालिका गाउपालिकामा स्थानीय चुनावलाई लक्षित गरी एक महिने चुनावी जागरण अभियान सुरु भएको छ ।

उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले आन्तरिक निर्वाचनको रिस, कुण्ठाहरू त्यागेर सामुहिक रुपमै अभियानमा लाग्नुपर्ने बताउनुभाये ।

उहाँले मालिकाका सबै वडामा काँग्रेसको जित दिलाउन आग्रह समेत गर्नुभएको थियो । पछिल्लो समय निकै चर्चामा रहेको एमसिसीको बारेमा समेत सम्पूर्ण जतालाई बुझाउन उहाँले आग्रह गर्नुभएको थियो ।

त्यस्तै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् पालिका अध्यक्ष श्रीप्रसाद रोकाले प्रत्येक नागरिक सम्म काँग्रेसले गरेका कामको बारेमा जानकारी दिनुपर्ने बताउनुभयो । केपी ओली नेतृत्वको सरकारका पालामा भएको अनियमितता र भ्रष्टचारको भण्डाफोर गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघ म्याग्दीका सभापती निर्मल खत्री लगायत बोल्नुभएको थियो । उक्त कार्यक्रममा प्रत्येक टोल टोलमा अभियान सञ्चालन गर्नका लागि ७ वटा वडामा नै समिति गठन गरि सोमबार देखि नै प्रत्येक टोलमा अभियान सञ्चालन गरिने कांग्रेसले जनाएको छ । कार्यक्रम पालिका सभापती खिम पुनको अध्यक्षता, बिरेन्द्र किसानको सञ्चालन र सचिव तारा रोकाको स्वागतमा सम्पन्न भएको थियो ।

You can share this post!

मराङ र मल्कबाङमा एमालेको वडा स्तरीय प्रशिक्षण

महिला संघ बेनी नगर समितिको सभापतिमा संगिता श्रेष्ठ

Related posts