अनेमसंघ बेनी नगर कमिटिको अध्यक्षमा मिना राम्जाली चयन

म्याग्दी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बेनी नगर कमिटिको अध्यक्षमा मिना राम्जाली मगर चयन हुनुभएको छ ।
बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित अनेमसंघ बेनी नगरको भेलाबाट राम्जालीको अध्यक्षतामा ४९ सदस्यीय नगर कमिटि गठन गरिएको हो ।

कमिटिको उपाध्यक्षमा बिष्णु गुरुङ, सचिवमा उषा किसान, उपसचिवमा सिता घिमिरे र कोषाध्यक्षमा साधना कुमारी श्रेष्ठ चयन हुनुभएको छ ।
भेलामा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य नरदेवि पुनले गठबन्धनको सरकारले जनभावनाका कुनै पनि काम गर्न नसकेको बताउनुभयो ।

एमसीसी संसदमा टेवल गर्ने वा नगर्ने भन्ने बिषयमा गठबन्धनमै सहमति हुन नसकेको पुनले बताउनुभयो । एमसीसीको बारेमा गठवन्धन जसरी वाहिर आउँछ त्यहि अनुसार एमालेले धारणा बनाउने उहाँको भनाई थियो ।

केन्द्रिय सदस्य पुनले अनेमसंघको पार्टीमा उच्च योगदान रहेको भन्दै आगामी स्थानीय निर्वाचनमा एमालेलाई जिताउनका लागि अनेमसंघको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरज केसी, उपसचिव एवं अनेमसंघका जिल्ला अध्यक्ष थमसरा पुन, बेनी नगर कमिटि अध्यक्ष नारायण जिसीले टोल टोलमा संगठन बिस्तारलाई तिव्रता दिन र चुनाव लक्षित प्रशिक्षण लगाएतका कार्यक्रमलाई थप प्रभावकारी बनाउनमा जोड दिनुभयो ।

भेलामा बेनी नगर पालिकाका १० वटै वडाबाट अनेमसंघका प्रतिनिधिहरु सहभागी भएका थिए भने पार्टीका जिल्ला कमिटि सदस्य तथा वडा कमिटि अध्यक्षहरुको सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

You can share this post!

शिक्षा र मानविकी संकायमा स्नातकोत्तर तह अध्यापनको तयारीमा छौँः अध्यक्ष ढुंगाना

गाउँमा विदेशी फल फलाउदै छन्त्याल

Related posts