अस्पताल बिकास समितिका पदाधिकारीको पदस्थापना

म्याग्दी । म्याग्दीको बेनी अस्पताल बिकास समितिको अध्यक्ष ज्ञानेन्द्र सुवेदीले पदभार ग्रहण गर्नुभएको छ । आइतवार अस्पतालमा आयोजित कार्यक्रममा अध्यक्ष सुवेदी सहित सम्पुर्ण पदाधिकारीहरुको पदस्थापना गराइएको हो ।

त्यस्तै अस्पताल बिकास समितिको यस अघिको अध्यक्ष बेल बहादुर कटुवाल सहितको समितिलाई बिदाई गरिएको छ । गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेनी नगरपालिका ६ निवासी सुवेदीलाई गत साता अध्यक्षमा निुयक्ति गरेको थियो । अस्पताल बिकास समितिको सदस्यहरुमा दुर्गाराम सुवेदी, अम्विका ढुङ्गाना, किसान बिश्वकर्मा र संगीता श्रेष्ठ चयन हुनुभएको छ ।

अस्पताल प्रमुख डा. सदस्य सचिव रहने समितिमा वेनी नगरपालिका प्रमुख र म्याग्दी उद्योग बाणिज्य संघका प्रतिनिधि पदेन सदस्य रहने ब्यबस्था रहेको छ । पदस्थापना कार्यक्रममा नव नियुक्त अध्यक्ष सुवेदीले अस्पतालको सेवालाई थप ब्यबस्थित र प्रभावकारी बनाउनका लागि प्रतिवद्ध रहने बताउनुभयो ।

त्यस्तै पुर्व अध्यक्ष कटुवालले आफ्नो कार्यकालमा अस्पतालमा महत्वपूर्ण कामहरु सम्पन्न भएको बताउदै आगामी दिनमा पनि अस्पतालको बिकासमा साथ र सहयोग रहिरहने बताउनुभयो । उहाँले नयाँ समितिलाई बधाई ज्ञापन गर्दै म्याग्देली जनताले बेनी अस्पतालमै सेवा लिने वातावरण तयार भएको र यसलाई जोगाई राख्नको लागि सेवा प्रभावकारी बनाउनमा जोड दिन अनुरोध गर्नुभयो ।

You can share this post!

गोरखामा हिउँ खेल्ने क्रममा वेपत्ता दुई किशोर १० दिनपछि मृत फेला

दलित अधिकारकर्मी किसान मुटुरोगबाट ग्रसितः उपचारमा आर्थिक अभाव

Related posts