नेकपा म्याग्दीमा विभिन्न स्थानका ५५ जना प्रवेश

नेपाल कम्यूनिष्ट पार्टी नेकपा म्याग्दीमा जिल्लाका विभिन्न स्थानका ५५ जना युवाहरु प्रवेश गरेका छन् । नेपाली काँग्रेस सहित विभिन्न पार्टीमा आस्था राख्ने विभिन्न गाउँपालिकाका ५५ जना युवाहरु नेकपामा प्रवेश गरेको नेपाल कम्युष्टि पार्टी म्याग्दीले जनाएको छ । शनिवार भएको बेनी नगरपालिकाको पुर्ण बैठकका क्रममा जिल्लाको रघुगंगा, बेनी नगरपालिका, मालिका, मंगला र धौवलागिरी गाउँपालिकाका युवाहरु प्रवेश गरेका हुन् । बैठकमा रघुगंगा गाउँपालिका–८ कुईने मंगले र ६ पाखापानिका मात्रै ३५ जना भन्दा बढी युवाहरु नेकपा प्रवेश गरेका हुन् । बैठकमा कुईनेमंगलेकै शिक्षक रेशबहादुर विक शिक्षक संघ छाडेर शिक्षक संगठनमा प्रवेश गरेका छन् ।


प्रवेश गर्नेहरुमा विमल विक, साधन फगामि, मिलन छन्त्याल, मनिष गौचन, जनम पुन, जिवन गर्बुजा, देवेन्द्र छन्त्याल, राजिन छन्त्याल, किशोर छन्त्याल, सविन छन्त्याल, तिलक छन्त्याल, जीत छन्त्याल, दिपेश छन्त्याल लगाएका ५५ जना प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । पार्टी प्रवेश लगत्तै सपथ ग्रहण गर्दै नवप्रवेशीहरुको तर्फ देखि प्रतिनिधीत्व गर्दै साधन फगामीले हिजोका दिनमा जानेर वा नजानेर काँग्रेसमा हिड्दा खेरी आफुहरुलाई गलत खालका कृयाकलापमा मात्रै सहभागी गराएको, निती, विचार र सिद्धान्तका कुराहरुमा भन्दा पनि अराजक खालका गतिविधिमा युवाहरु लाइ परीचालित गरेको बताउँदै पार्टी र सिद्धान्तको बारेमा जानकारी लिएर मात्रै आफु कम्यूनिष्ट पार्टीको सदस्यता सहित पार्टी प्रवेश गरेको बताउनु भयो ।


बैठकमा नवप्रवेशीहरुलाई प्रतिनिधि सभा सदस्य समेत रहनुभएका नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापा, जिल्ला अध्यक्ष गोविन्द पौडेल, सचिब हरिकृष्ण श्रेष्ठ, गण्डकी प्रदेश कमिटीका कार्यालय सदस्य नवराज शर्मा, प्रदेश कमिटी सदस्य मुना बानियाँ, खुमबहादुर बानियाँ जिल्ला कार्यालय सदस्यहरु देवेन्द्रबहादुर केसी, बालकृष्ण सुवेदी लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

You can share this post!

रघुगंगामा १५ जना नेकपा प्रवेश

प्रधानमन्त्री सचिवालयका ४ लाई संक्रमण

Related posts