अनेरास्ववियु गण्डकी प्रदेश कमिटीद्वारा मन्त्रीको ध्यानाकर्षण

अनेरास्ववियु गण्डकी प्रदेश कमिटीद्वारा सरकारी अस्पतालका मेसिनरी औजारहरुलाई बन्धक बनाई संचालन नगर्ने सरकारको नियत प्रती खेद व्यक्त गरेको छ । अनेरास्ववियुले नागरिकहरुलाई शोषण गर्ने अभिप्रायका विरुद्ध आवाज उठाउन सबै नागरिक समुदायलाई अपिल पनि गरेको छ ।

अनेरास्ववियुले प्रदेशको एक मात्र सिसुवामा रहेको संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकी लाई भर्ती केन्द्रको रुपमा राख्न लागेको भन्दै आपत्ती जनाएको छ । अनेरास्ववियुले उक्त अस्पताललाई कार्यबिहिन बनाउन लागेको तथा कर्मचारी बिहिन हुन लागेको अवस्थालाई सचेत गराएको अनेरास्ववियु गण्डकीका सचिब आरके। पोख्रेलले जानकारी दिनुभयो ।

निवर्तमान् मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुगंको पालामा बनेको भनेर अस्पताललाई हेलत्व गर्दै भर्ति केन्द्र बनाउन लागेको र अस्पताललाई कामै नलाग्ने बनाउन दिशामा वर्तमान गण्डकी प्रदेश सरकार अग्रसर भएकोले ति समस्याहरु सुधार गर्नुपर्ने भन्दै अनेरास्ववियुले निरन्तर खबरदारी गर्ने  अस्पतालहरुमा आइसियु,भेन्टिलेटर जस्ता सेवा संचालन नभईरहेको , अस्तपाललाई भर्ती केन्द्र बनाउने शैली प्रति सचेत गराउन पत्र बुझाईएको प्रदेश संयोजक प्रकाश पौडेलले बताउनुभयो ।

You can share this post!

 गण्डकी प्रदेशमा म्याग्दीबाट श्रेष्ठ र गौचन निर्वाचित

घोडाबाँधे माथिल्लो खण्डमा काम, तल्लो खण्ड गुमनाम

Related posts