एमाले मालिका गाउँपालिका अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित

म्याग्दी । नेकपा एमाले मालिका गाउँपालिका कमिटि अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित हुनुभएकोे छ ।

मंगलबार मालिका गाउँपालिकाको केन्द्र दरवाङ्गमा सम्पन्न प्रथम अधिवेशनबाट गर्बुजा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ६१ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी सन्तोष, उपसचिवमा भुपेन्द्र दर्जी र धन बहादुर बोहोरा चयन हुनुभएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिनुभएको छ ।

निर्बाचित पदाधिकारीहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष, नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य नवराज शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । मंगलबार जिल्लामा आयोजित पालिका अधिवेशनमा मालिका गाउँपालिकाले सहजै नयाँ नेतृत्व चयन गरेको छ भने अन्य पालिकाहरुमा सहमतिको प्रयास भइरहेको जनाइएको छ ।

You can share this post!

एमाले बेनी नगर अधिवेशन स्थगित

एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्बाचित

Related posts