क्यान महासंघको ७२औं शाखा मुस्ताङमा स्थापना

मुस्ताङ ,असोज १९     जिल्ला मुस्ताङमा कम्प्युटर एशोसियसन महासंघ नेपाल (क्यान)को ७२औं शाखा स्थापना भएको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति तथा व्यवसायीहरुको सोमबार सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट ७ सदस्यीय क्यानको शाखा विस्तार गरिएको हो ।

अधिवेशनबाट क्यान मुस्ताङ शाखाको अध्यक्षमा नारायणप्रसाद पौडेल, उपाध्यक्षमा सुजिता थकाली, सचिवमा अमृत सुवेदी, कोषाध्यक्षमा लक्ष्मण ढकाल, सहसचिवमा निरज गौचन, सदस्यमा अमर घताने र राजु सेन्च्युरी चयन भएको क्यान म्याग्दी शाखाका अध्यक्ष बामदेव रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार नवनिर्वाचित क्यानको पहिलो वैठकले गोविन्द सुनार र कर्णबहादुर थकालीलाई कार्यसमितिमा मनोनित गरेको छ ।


यसैगरी जनकल्याण आवासीय माविका सल्लाहकार रामकुमार शर्मालाई सल्लाहकारमा मनोनित गरेको क्यान मुस्ताङले जनाएको छ । क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासचिव नारायण थापा, गण्डकी प्रदेश समितिका सचिव केशवराज भट्टराई, म्याग्दी जिल्ला अध्यक्ष बामदेव रिजाल लगायतको उपस्थिति रहेको थियो ।

You can share this post!

मोना कतारद्वारा आयोजित बक्तृत्वकला प्रतियोगीताको फाइनल असोज २३ मा हुने

हराएको ५२ बर्षपछि घरमा आईपुगे थामडाँडाका गंगाबहादुर गुरुङ

Related posts