तल बेनी बजार माथि मल्लाजको धुरी बोलको गित बजारमा

तल बेनी बजार माथि मल्लाजको धुरी बोलको पञ्चेबाजा गित बजारमा आएको छ । जलजला गाउँपालिका ५ लेखफाँटको गडेखोलाका अनुप शर्माको निर्देशनमा बनेको उक्त गित आलप स्टुडियो मार्फत बाजरमा आएको हो । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार, म्याग्दी र पर्वत जिल्लाको सिमानामा रहेको जलजला गाउँपालिकाको धुरी हम्पाल र बागलुङ्ग बजारको विभिन्न ठाउँको बारेमा गित मार्फत जानाकारी गराईएको छ ।


शब्द, संगीत रविन सुवेदीको रहेको उक्त गितको स्वमार गिता पाइजाले सुवेदीलाइ साथ दिएकी छिन् । गितको म्युजिक भिडियोमा मलाजको ऐतिहाँसीक राज दरवारलाइ पनि समावेश गरीएको र सुटिङ्ग लेखाफाँटको गडेखोलामा गरीएको गितका निर्देशक अनुप रेग्मीले बताउनु भयो । भिडियोमा अनुप, आषिश, विनु, प्रियंका ले अभिनय गरेका छन् । गितको छायांकन महेश महरा, सम्पादन लोकेश भाट र दृष्या निमार्ण वल्र्ड कर्भर मिडिया प्रालिले गरेको छ ।

You can share this post!

गलेश्वरधाममा भक्तजनको घुइँचो

अमेरिकीमा नेपाली उबर ड्राइभरमाथि हातपात गर्ने युवती पक्राउ

Related posts