बाबियाचौर महायज्ञमा सल्यानका जिसी परिवारबाट १ लाख बढि सहयोग

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा संचालन भईरहेको ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ तथा धार्मिक महोत्वसमा सल्यान निवासी जिसी परिवारले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।

ऐतिहासिक देवी मन्दिर परिसरमा सन्त सहितको धार्मिक पर्यटकीय वहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्वुलेन्स खरिद गर्ने लक्षका साथ वैशाख ८ गतेदेखि सुरुभएको धार्मिक महोत्सवमा जिसी परिवारको सम्पूर्ण पितृहरुका उद्दारको लागि भन्दै सो रकम दान गर्नुभएको हो ।

आमा चेतकुमारी जिसी, छोराहरु बेद बहादुर जिसी, गोविन्द जिसी, ध्रुव जिसी, वुहारीहरु माया जिसी, रिना जिसी, मिना जिसी तथा छोरीहरु पम्फा जिसी छन्त्याल, धुनु जिसी खड्का, बिना जिसी भण्डारी लगायत सम्पूर्ण जिसी परिवारको तर्फबाट उक्त रकम दान गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष समेत रहनुभएका ध्रुव जिसीले बताउनुभयो ।

महायज्ञको आठौँ दिन सम्म नगद, जिन्सी तथा खाद्यान्न समेत गरि करिव ६० लाख रुपैयाँ संकलन भएको महायज्ञ मुल समारोह समितिका अध्यक्ष नविन अधिकारीले बताउनुभयो । महायज्ञ आईतवार (आज) समापन हुँदै छ । मंगला युथ क्लवको व्यवस्थापन तथा देवी भगवती मन्दिर व्यवस्थापन समितिको आयोजनामा संचालित महायज्ञमा प्रखर वाचक पं.कपिलदेव भट्टले कथा वाचन गरिरहनुभएको छ ।

You can share this post!

होटल व्यवसायीलाई पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी तालिम

उच्च गतिको विद्युत् प्रवाह हुँदा घारका ६० घरमा क्षतिः पाँच जना सामान्य घाईते

Related posts