बढ्यो आटोरिक्साको भाडा, नयाँ भाडादर कति (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि बेनी नगरपालिकाभित्र सञ्चालित तिन पाङ्ग्रे सवारीसाधन अटोरिक्साको भाडा पनि वृद्धि भएको छ । इन्धनको बजार मूल्य बढेकाले खर्च धान्न समेत मुस्किल भएको अटोरिक्सा ब्यवसायीको गुनासोपछि चैत्र २३ गतेदेखि लागु हुने गरी भाडा बढाइएको बेनी नगरपालिकाले जनाएको छ ।

भाडा समायोजनका लागि अटोरिक्सा ब्यवसायीले गरेको प्रस्तावमाथि मेयर सुरत केसीले छलफल गरी यात्रुलाई महंगो नहुने गरी नयाँ भाडादर कायम गरिएको हो ।नयाँ भाडादर अनुसार बेनीबजारभित्र प्रति यात्रु न्यूनतम २५ देखि ४० रुपैयाँसम्म भाडा कायम गरिएको छ ।

बेनीबजारमा छोटो दुरी, मध्यम र लामो दुरीमा फरक‘–फरक भाडादर तोकिएको छ । त्यस्तै बेनी गलेश्वर ४० रुपैयाँ, बेनी– अर्थुङ्गे ४५ रुपैयाँ, बेनी– नयाँपुल ७० रुपैयाँ, बेनी–सिंगा ८० र बेनी–रत्नेचौर ९० रुपैयाँ रहेको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

अटोरिक्साले एकजना यात्रु भएपनि निरन्तर सञ्चालन गर्नुपर्ने नगर प्रमुख केसीले बताउनुभयो ।‘भाडादर यात्रुले देख्ने गरी रिक्सामा राख्नुपर्छ, तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा कारवाही हुन्छ’मेयर केसीले भन्नुभयो ।

नगरभित्र कालोपत्र, ढलानगरिएका सडकमा मात्रै यात्रुलाई बोक्न मिल्ने गरी रूट कायम गरिएकाले तोकिएको रुटभित्र मात्रै सञ्चालन गर्ने समेत मेयर केसीले अनुरोध गर्नुभयो ।नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि बनाएपछि १० अटोरिक्सा सञ्चालनको अनुमति भए पनि हालसम्म ९ वटा सञ्चालनमा रहेको गौरीधाम यातायात प्रालिद्धारा बेनी शाखाका संयोजक विकास कुँवरले बताउनुभयो । ‘भाडा समायोजनको पत्र आएको छ, भाडादर अनुसार नै सञ्चालन गछौं’ संयोजक कुँवरले भन्नुभयो । बेनीका सबै रिक्सा पेट्रोलबाट सञ्चालित छन् ।

You can share this post!

बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि महायज्ञ संचालन हुँने 

म्याग्दीकाली संचार सहकारी संस्थाको अध्यक्षमा पुनः बिजय श्रेष्ठ चयन

Related posts