रघुगंगा गाउँपालिकामा एमालेको नयाँ नेतृत्वः अध्यक्षमा झलक आचार्य

म्याग्दी । झलक आचार्यको अध्यक्षतामा नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको नयाँ कमिटी गठन भएको छ । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा भएको पार्टीको दोश्रो अधिवेशन पछिको वन्द सत्रबाट नयाँ कमिटी चयन भएको हो ।

कमिटीको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिव तेजु शेरपुञ्जा, उपसचिवमा अमृत भण्डारी र रिम पाइजा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा रुपा परियार, अरुलुक तिलिजा, खेमबहादुर परियार, दिपक खत्री, समिर कार्की, सोमबहादुर भण्डारी, मनोज खत्री, मुक्तिनाथ शर्मा, खिनकुमारी जैसी, आइती परियार, हिमबहादुर बिक, सोमबहादुर भण्डारी, तोरणबहादुर कार्की, पवनकुमार मल्ल, मनदेवी परियार, टेसन थजाली, गौरी गर्बुजा, ट प्रसाद पुन, सिरबहादुर पाइजा, सुकबहादुर दर्जी, खिममायाँ पुन, नन्दकुमारी पुन र सबहादुर सेन्चुरी रहनुभएको निर्वाचन समितिका संयोजक रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यस अघि भएको उद्घाटन सत्रको उद्घाटन गर्दै पूर्व महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री तथा नेकपा एमालेकी स्थायी कमिटी सदस्य थममायाँ थापाले नेकपा एमालेले गर्ने राम्रा कामहरु हेरेरै जनताले एमालेको भरोसा गरेको धारणा राख्नुभएको थियो ।

शनिबार दिउँसो बाजागाजा सहित निस्केको नेकपा एमालेको जुलुसले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटको परिक्रममा गर्दै गाउँपालिकाको कार्यालय नजिकै रहेको पार्टी कार्यालयको अगाडी सभामा परिणत भएको थियो । सभामा एमाले केन्द्रीय सदस्य नरदेवी पुन, प्रदेश सदस्यहरु हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी लगायतले बोल्नु भएको थियो ।

You can share this post!

जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

म्याग्दी जेसिजद्वारा विद्यार्थीहरुको आँखा परिक्षण

Related posts