म्याग्दीमा नेपाल केम्पो खुकुरी मार्सल आर्ट्स संघ गठन

म्याग्दी । नेपाल केम्पो खुकुरी मार्सल आर्ट्स संघ म्याग्दीको अध्यक्षमा धन कुमार पुर्जा मगर चयन हुनुभएको छ । शनिबार जिल्ला खेलकुद बिकास समितिको सभाहलमा आयोजित भेलाबाट पुर्जा अध्यक्षमा चयन हुनुभएको हो ।

नबगठित कार्य समितिको उपाध्यक्षमा बिजय घर्ति मगर, जनक सोनाम, नारायण राई रेमन, सचिवमा राज कुमार परियार, कोषाध्यक्षमा ममता गबुर्जा, सहसचिवमा सौगात गुरुङ्ग चयन हुनुभएको सचिव परियारले जानकारी दिनुभएको छ ।

समितिको सदस्यहरुमा ठग बहादुर पुर्जा, सुस्मिता दर्जी, बिशाल कार्की, कनक प्रधान, अमृत पुरी लगाएत रहनुभएको छ । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद बिकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले खेलकुदले युवाहरुलाई सत्मार्गमा लाग्न पे्ररित गर्ने बताउनुभयो । आफुले जानेको खेलमा निरन्तर अभ्यास गर्दै जिल्लाबाट उत्कृष्ट खेल प्रस्तुत गर्न पनि केसीले अनुरोध गर्नु भयो ।

कराँते, टेक्वान्डो जस्तै गरि खेलिने यो खेल म्याग्दीमा प्रचलनमा छैन । तर समिति गठन भए संगै यस खेल खेल्ने खेलाडि उत्पादन गरि जिल्लाब्यापी बनाउने नबनिर्बाचित अध्यक्ष पुर्जाले बताउनुभयो । क्षेत्रिय तथा राष्ट्रिय स्तरका प्रतियोगीताहरुमा सहभागी हुन सक्ने गरि प्रशिक्षण गराउने ब्यबस्था मिलाउने अध्यक्ष पुर्जाको भनाई छ ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका यगेन्द्र क्षेत्री, प्रविण शाही, नेपाल केम्पो खुकुरी मार्सल आटर््स संघका केन्द्रिय उप महासचिव भरत गोदार, केन्द्रिय सचिव एबं गण्डकी प्रदेशका अध्यक्ष बिष्णु पुन, गण्डकी प्रदेशका महासचिव सन्दिप कोइराला लगाएतको उपस्थिति रहेको थियो ।

You can share this post!

छाप युवा क्लबको अध्यक्षमा मिलन जिसी निर्बाचित

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबेदीलाई कार्यकक्षमै दुरब्यबहार

Related posts