प्रतिष्ठान गण्डकीद्वारा रक्तदान कार्यक्रमः ६५ युनिट रगत संकलन

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसरमा पारि प्रतिष्ठानले विहिबार पोखरामा रक्तदान कार्यक्रमको आयोजना गरको हो ।

कार्यक्रमबाट ६५ युनिट रगत संकलन गरिएको छ । प्रतिष्ठानले २०६५ सालदेखि दिवसको अवसरमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ । मानवीय सेवा सहितको सामाजिक गतिविधिहरुमा पनि प्रतिष्ठानको सक्रियता बढाउने महत्वपूर्ण उद्देश्य अनुरुप रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष राजन कार्कीले बताउनुभयो ।

प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष वर्तमान संरक्षक प्राज्ञ प्रजापति पराजुलीको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा कलाकार तथा सर्वसाधारणले समेत रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष वर्तमान संरक्षक तथा कलाकार कल्याकारी कोषका अध्यक्ष पुरुषोत्तम न्यौपाने, केन्द्रिय प्रशासन सचिव जीवन दाहाल, केन्द्रिय सचिव घनश्याम रिजाल, शंकर विरही गुरुङ, सहसचिव तारानाथ आचार्य, पूर्व केन्द्रिय उपमहासचिव चोलेन्द्र पौडेल, पूर्व गण्डकी प्रदेश संयोजक तारापति सुवेदी, निवर्तमा प्रदेश अध्यक्ष तथा केन्द्रिय सदस्य सुरेन्द्र गुरुङ, केन्द्रिय सदस्य कुमार पुन, रेशम निर्दोष लगायत प्रतिष्ठान गण्डकीका पदाधिकारी, सदस्य, सल्लाहकार तथा विभिन्न जिल्लाका अध्यक्षहरु समेतको उपस्थिति रहेको थियो ।

प्रदेश स्तरीय रक्तसंकलन गृहको संयोजनमा रगत संकलन गरिएको थियो । रगत दान गर्नु सवै भन्दा ठुलो मानवीय सेवा भएकाले पनि यो कार्यक्रमलाई प्रतिष्ठानले निरन्तर रुपमा संचालन गरिरहेको अध्यक्ष कार्कीले बताउनुभयो । कार्यक्रम प्रतिष्ठान गण्डकीका अध्यक्ष कार्कीको अध्यक्षता र सचिव रामजी पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

बेनपाका १७ जना अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण

आमा समूहसँग उपमेयर’ कार्यक्रम मार्फत महिलालाई सिपमुलक तालिम

Related posts