प्रकाश दुतराजले गीत मार्फत भने ठै वरा पिरती

‘झरिजाने फुल टिप्नु मेरै भुल, सुकिजाने मुल भएँ काकाकुल, ए माया कुरै बुझिनौ, ठैवरा पिरती कुरै बुझिनौ’ ।

पछिल्लो समयको लोकप्रीय गायक प्रकाश दुतराजको सुमधुर स्वरमा फेरी अर्को मार्मिक गीत सांगीतिक बजारमा आएको छ । प्रेम वियोगको कारुणीक भावले ओतप्रोत गीत ठैवरा पिरती क्रियटिभ मिडिया प्रोडक्सनबाट संगीतका पारखीहरु माझ प्रस्तुत गरिएको हो ।

चर्चित सर्जक नकुल ढकालका मर्मस्मर्शी शव्द, र गायक दुतराजको स्वर तथा संगीतमा रहेको गीत अतिनै कर्णप्रीय बनेको छ ।
जापानमा रहेको रविन क्रियशन निर्माता रहेको म्युजिक भिडियोमा रविन बानियाँ र स्मृति कार्कीको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=vI-OS75uIT8

भिडियोको निर्देशन, छायाँकन तथा सम्पादन क्रियटिम मिडिया प्रोडक्सनका भुपेन बानियाँले गर्नुभएको छ । ईलामको चियावारी, काठमाडौँ लगायतका ठाउँहरुमा गीतको भिडियो छायाँकन गरिएको छ ।

‘नटुङ्गिने प्रेमको नटुङगिने प्रेम यात्रा’ वियोगान्त कथा बोकेको गीतलाई न्याय दिने गरि भिडियो निर्माण गरेको निर्देशक बानियाँको भनाई छ ।
गायक दुतराजले कसैको प्रेममा जलेको मनको कथा गीतले बोलेको बताउनुहुन्छ ।

नेपाली लोक संगीतमा उदयमान गायक दुतराजको यसअघिका गीतहरु बहिनी झ्यालैमा, घर कता हो बहिनीको, जाम भो माईली, मन भुल्छ, चोली मैलो भो लगायत श्रोता दर्शकमाझ लोकप्रीय बनेका छन ।

यीनै गीतहरु हिट हुँदा गायक दुतराज देश तथा विदेशका कार्यक्रममा समेत व्यस्त बन्नुभएको छ ।

You can share this post!

कृषि र भेटेरीनरीको चालु आवमा स्वीकृत कार्यक्रम सार्वजनिक

विरौटा खोनेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयन

Related posts