भकिम्लीमा राप्रपाको चुनावी आमसभा

म्याग्दी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दीले चुनाव प्रचार अभियानलाई तिव्रता दिएको छ । आइतबार बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा आयोसजत चुनावी सभालाई सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगतप्रसाद गौचनले आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनबाट मतदातालाई हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको स्थापनाका लागि मतदान गर्न मतदातालाई अपिल गर्नुभएको थियो ।

उम्मेदवार गौचनले देशी विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र र घेराबन्दीले ‘राष्ट्रियता जोखिममा परेकाले राप्रपालाई भोट दिएर देशको रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले विभिन्न सम्झौतामार्फत नेपालमा विदेशीको चलखेल सुरुवात भइसकेको बताउँदै यो देशको रक्षार्थ खटिने पार्टी राप्रपा भएको बताउनुभयो ।

उहाँले एकपटक राप्रपाको हलो चुनाव चिन्हका उम्मेदवारलाई मतदान गरी विजयी गराउन पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, सम्पूर्ण मतदाताहरूमा अनुरोध गर्नुभएको थियो । चुनावी सभामा जिल्ला अध्यक्ष बिरबहादुर थापा, लगायतका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

You can share this post!

मोना जापानको क्षेत्रीय कार्यसमिति क्युस्युको अध्यक्षमा दिपक विक चयन

वेष्ट पोइन्ट आवासीय मावि शिक्षक अभिभावक संघको अध्यक्षमा विष्णु रोका

Related posts