मंगलामा अनेमसंघको दुईदिने प्रशिक्षण

म्याग्दी । अखिल नेपाल महिला संघ मंगला गाउँपालिकाको आयोजनामा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र बावियाचौरमा आइतवार र सोमवार गरि दुई दिन सम्म अनेमसंघमा आवद्ध महिलाहरुलाई लक्षितगरि तालिम संचालन गरिएको हो ।

सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार भन्ने मुल नारा सहित अनेमसंघमा आवद्ध महिलाहरुको राजनैतिक र सामाजिक क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने लक्षका साथ प्रशिक्षणको आयोजना गरिएको अनेमसंघले जनाएको छ ।

प्रशिक्षणका कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला सह –ईन्चार्ज नरदेवीपुनले महिलाको सोँच, विचार र क्षमताको विकास हुँदै गएको बताउनुभयो । हिजोका दिनमा चुलो चौकोमा मात्रै सिमित हुने महिला दिदिबहिनीहरु अहिले सामाजिक तथा राजनैतिक लगायतका अन्य क्षेत्रमा पनि नेतृत्व तहमा पुगेको उहाँले बताउनुभयो ।

आफु गण्डकी प्रदेशको सरकारमा रहँदा महिलाहरुका लागि उल्लेख्य कामहरु गरेको तर अहिलेको सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै पूर्व सामाजिक विकास मन्त्री समेत रहनु भएका पुनले महिलालाई सिप सिकाई आयआर्जनमा सघाउनका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुनेमा कुरामा जोड दिनुभयो ।

सक्षम महिला भएको घर सुन्दर र सफल बने जस्तै अनेमसंघ सक्षम र सक्रिय रहँदा पार्टीनै बलियो हुने भन्दै सवल नेतृत्व उत्पादन गर्न अनेमसंघले तालिम, प्रशिक्षण लगायतका गतिविधिहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

प्रशिक्षण कार्यक्रमलाई केन्द्रिय सदस्य पुन, जिल्ला उपसचिव थमसरा पुन, सचिवालय सदस्य खरमाया विटालु, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेम कुमारी खत्री, वडा नम्वर २ का अध्यक्ष धनबहादुर खाती क्षेत्री, अनेमसंघकी जिल्ला अध्यक्ष यसुदा रोकाले, सहजिकरण गर्नुभएको थियो ।

प्रशिक्षणमा नेपालमा महिला आन्दोलनको ईतिहाँस, अनेमसंघको कार्यक्षेत्र, भूमिका, संगठन संरचना, राजनीतिमा महिला सहभागीता, अनेमसंघको १४ बुँदे कार्यक्रम, नेता र नेतृत्व, अनेमसंघ र पार्टी विचको अन्तर सम्वन्ध र क्षमता अभिवृद्धिको विषयमा समेत सहजीकरण गरिएको थियो ।

कार्यक्रम अनेमसंघ मंगला गाउँपालिकाका अध्यक्ष डिलकुमारी खत्रीको अध्यक्षता र सचिव डिल कुमारी खत्रीको संचालनमा सम्पन्न भएको थियो । प्रशिक्षणमा अनेमसंघ मंगलाका पदाधिकारी, सदस्य तथा अगुवा महिलाहरुको सहभागीता रहेको थियो ।

You can share this post!

रुमको तामेङमा गएको पहिरोमा परि दुईको मृत्य, तीन जना वेपत्ता

रुम पहिरो अपडेटः बेपत्ता भएका ३ जनाको शव भेटियो, एकै परिवारका ५ जनाको मृत्यु

Related posts