कर्जा तिर्न नसक्दा लकडाउन यतामात्रै दुई हजार भन्दा बढी ऋणी कालोसूचीमा

कोरोना महामारीका कारण बैंक तथा वित्तीय संस्थाबाट लोन लिएर चुक्त्ता गर्न नसकेपछि दुई हजार भन्दा बढी ऋणीहरु कालो सूचीमा परेका छन् । लकडाउन यता मात्रै २ हजार ७८ वटा ऋणी कालोसूचीमा परेको सीआईबीले बताएको छ ।
१० चैतसम्म १७ हजार ६४५ व्यक्ति र फर्म कालोसूचीमा थिए । लकडाउनको एक सातासम्म कालोसूचीमा पर्ने क्रम रोकियो । निकै कडा लकडाउन भइरहेका बेला १६ चैतमा सीआईबीले हेमकुमारी चौधरी, श्रीराम घिमिरे, सागर केसी, हर्कबहादुर सार्की, उमादेवी सार्की, कुमार घिमिरे, भरत गैरै र एमएस सोलुसन प्रालि गरि ७ व्यक्ति र एउटा कम्पनीलाई कालोसूचीमा राख्यो । त्यसयता कालोसूचीमा पर्नेहरुको संख्या दिन प्रतिदिन बढी रहृयो ।
सीआईबीका अनुसार चैतमा २४५ जना कालोसूचीमा परे । वैशाखमा जम्मा ९४ जना व्यक्ति तथा फर्म कालोसूचीमा परेकामा जेठमा १५१ र असारमा ३१८ जना परे । लकडाउनमा ऋण नतिर्नेको संख्या ठूलो रहेको यसले देखाउँछ ।
कालोसूचीमा परेका सबैको जायजेथा लिलामी हुँदैन । धितो राखेर ऋण लिएकाबाहेक चेक बाउन्स जस्ता अन्य मुद्दाका व्यक्ति तथा फर्मलाई पनि सीआईबीले कालोसूचीमा राखेको हुन्छ ।
आर्थिक वर्ष २०४६ र ०४७ देखि निरन्तर रुपमा हरेक वर्ष ऋण नतिर्ने र कालोसूचीमा पर्नेको संख्या बढेको देखिन्छ । लकडाउन भन्दा अगाडि बैकमा ऋण तिर्न नसक्दा आव ०७३ र ७४ भन्दा ०७४ र ७५ मा कालोसूचीमा पर्नेको संख्या २११ प्रतिशतले बढेको थियो । (सीआईबी) का अनुसार आव ०७४ र ७५ मा १ हजार ३१३ वटा कम्पनी र तिनका सञ्चालक कालोसूचीमा परेकामा ०७५ र ७६ मा ६९२ जना मात्र परेका थिए । त्यसयता यो सूची लम्बिदो छ ।
त्यस यता कालो सूचीमा पर्नेको संख्या बढेपनि सबै भन्दा बढी लकडाउन यतामात्रै कालोसूचीमा पर्नेको संख्या २ हजार ७८ पुगेको सीआईबीले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको आग्रहमा सीआईबीले लकडाउनयता उनीहरुलाई कालोसूचीमा राखेको हो ।

You can share this post!

कालापानी नजिकै टेलिकमको टावर निर्माण सुरु

पौडी खेल्न जाँदा व्यपत्ता भएका टिकावाङका विक मृत अवस्थामा भेटीए

Related posts
error: Content is protected !!