फोक्सोको समस्याले ग्रसित बृद्धलाई मलम लगाउँदै गंगा जिसी फाउण्डेशन

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि काठमाण्डौको मनमोहन मेमोरियल हस्पिटलबाट फर्किएका मालिका गाउँपालिका–३ डाँडागाउँका दलराम पर्तेललाई गंगा जिसी फाउण्डेशनले मलम लगाएको छ । लामो समय देखि दम र फोक्सोको समस्याले ग्रसित बृद्धलाई गंगा जिसी फाउण्डेशनले आर्थिक सहयोग गरेर मलम लगाउने काम गरेको हो ।
पर्तेललाइ घरमै आवश्यक पर्ने अक्सिजनको सिलिन्डर, औषधी उपचारका लागि आवश्यक पर्ने आर्थिक सहयोग तथा ढुवानीका साथै नियमित औषधी उपचारमा फाउण्डेशन मार्फत खर्च गरिने फाउण्डेशनका अध्यक्ष नारायण जिसीले बताउनुभयो । काठमाण्डौबाट फर्किनुभएको थियो, बेनीमै अलपत्र परेको खवर सुनेपछि केही मात्रामा भए पनि मलम लगाउने काम गरेका छौं जिसीले भन्नुभयो । बिरामी पर्तेलको उपचारमा लाग्ने सम्पूर्ण खर्च फाउण्डेशनले जिम्मा लिने जनाइएको छ ।
काठमाण्डौबाट फर्किएपछि बेनी अस्पतालमा पुगेका बिरामीलाई फाउण्डेशनका उपाध्यक्ष एवम् बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले तत्काल ब्यवस्थापन गरी गाउँ पठाउनुभएको थियो । फाउण्डेशनमार्फत स्थानीय यूवाहरुलाई रेखदेखमा सघाउने ब्यवस्थापन सहित दुईवटा सिलिन्डरमा नियमित अक्सिजन ब्यवस्थापन गरीएको छ ।
फाउण्डेशनका अध्यक्ष जिसीले उपचारको क्रममा आर्थिक अभावले निधन भएकी बहिनीको सम्झनामा स्थापना गरेको संस्थामार्फत बाढीपहिरो पीडित, सुत्केरी, घाईतेको उपचारमा हेलिकप्टरको ब्यवस्था सहित विभिन्न राहत सहयोग गर्नुभएको छ । फाउण्डेशनमार्फत शिक्षा, स्वास्थ्य र सामाजिक कार्यलाई प्राथमिकता दिएर अगाडी बढ्ने जिसीले बताउनु भयो ।

You can share this post!

सरु बचाउ अभियानमा मोना क्षेत्रीय कमिटी सेन्दाई जापनाको आर्थिक सहयोग

‘मेरो ठुटे कलमलाई मदन पुरस्कारले अकल्पनीय स्थान दियो’

Related posts