म्याग्दीका पत्रकार ध्रुबसागर शर्माकी माहिली छोरीको उपचारको क्रममा निधन भएको छ । आन्द्राको क्यान्सर रोगबाट ग्रसित बेनी नगरपालीका–२, बगरफाँट निवासी बिनिता शर्माको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा मंगलबार राती निधन भएको हो ।विगत ८ महिनादेखि उपचारार्थ शर्माको बुधबार धार्मिक विधि तथा परम्पराअनुसार कालिगण्डकीमा अन्त्येष्टि गरिएको छ ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिमको किसानी माविमा जेटिए अध्ययन गर्दै आएकी २० वर्षीया बिनितालाई स्वास्थ्यमा समस्या देखिएपछि बेनी अस्पताल र पोखरामा चेकजाँचपछि डक्टरको रिपोर्ट अनुसार क्यान्सर रोग लागेको पत्ता लागेको थियो । अस्पतालमा भर्ना गरी किमो, थेरापी र अप्रेशनको तयारीको क्रममा स्वास्थ्य जटिल भएको थियो । साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय नेपाल प्रेस युनियन म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका शर्माको छोरीको निधभनप्रति पत्रकार महासंघ म्याग्दीले विज्ञप्तिमार्फत् गहिरो दुख व्यक्त गरेको छ ।