एमसिसी बारे अभिमत राख्ने वातावरण संसदमा छैनः एमाले सचिव अर्याल

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टि एमाले केन्द्रिय कमिटि सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पदमा अर्यालले राष्ट्रिय सवालको बिषय एमसिसी बारे संसदमा आफ्नो अभिमत राख्ने वातावरण एमालेलाई नभएको बताउनुभएको छ ।बुधवार प्रेस चौतारी नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अर्यालले एमसिसीको बिषयमा कुनैपनि धारणा ब्यक्त गर्ने वातावरण गठवन्धन सरकारले नवनाएको बताउनु भएको हो ।

उहाँले अहिले निकै चर्चामा रहको एपसिसीको बिषयमा एमालेले छलफल गर्न, स्पष्ट आफ्नो धारणा प्रकट गर्न चाहेको तर गठवन्धनको सरकारले एमालेलाई सहभागी बनाउन नचाहेको आरोप लगाउनुभयो ।

सन २०११ देखि सुरु भएको एमसिसीको विषयमा सुरुवात देखि हाल सम्म गठवन्धनमा सहभागी दलहरुनै भएको र संसदमा टेवुलपनि उहाँहरुले नै गरेकाले पास गर्ने वा फिर्ता पठाउने भन्ने निर्णय पनि गठवन्धनकै हुने सविच अर्यालले बताउनुभयो ।
सभामुखको कुर्चिबाट राजनैतिक पक्षपात पूर्ण ब्यवहार गरि नेकपा एमालेलाई विभाजन गर्ने भूमिकामा रहेका सभामुखको वहिर्गमनको माग राख्दै हिजोदेखि नै संसदमा बिरोध गर्दै आएको स्मरण गराउँदै अर्यालले भन्नुभयो, “संसद चलाउने वातावरण बनाउने सत्ता गठवन्धनले हो प्रतिपक्षले होइन” ।

सचिव अर्यालले प्रधानान्यायधिशमाथि महाअभियोग लगाई गठवन्धनको सरकारले न्यायापालिका माथि ठाडो हस्तक्षेप गरको आरोप लगाउनुभयो ।

सुशासन बिरोधी, न्यायापालिकालाई प्रभावित बनाएर न्याय सम्पादनमा समस्या खडा गर्ने योजना अनुसार महाअभियोगको प्रस्ताव अघि सारिएको हो ,अर्यालले भन्नुभयो । संसदको ठूलो दल एमाले संग छलफलनै नगरि छापामार शैलिमा लिइएको महाअभियोगको प्रस्ताव पास गर्न नभई मुलुकलाई थप गन्जगोल, तहसनहस र अस्थिरता तर्फ धेकल्नका लागि भएको उहाँले टिप्पणी गर्नुभयो ।

पुर्व भुमि ब्यबस्था सहकारी तथा गरिवी निवारण मन्त्री समेत रहनुभएका अर्यालले ५ बर्षे अल्पकालिन र २५ बर्षे दीर्घकालिन समयको लक्ष लिएर अगाडि बढेको केपी ओली नेतृत्वको सरकाललाई अनेकन षडयन्त्र रचेर सत्ता च्युत बनाएको दिन देखि नै मुलुकमा राजनैतिक अनिष्ट सुरु भएको बिचार ब्यक्त गर्नुभयो ।

लोकतन्त्रको रक्षा गर्दै जनता र राष्ट्रको पक्षमा स्पष्ट नीति र योजनाका साथ अगाडि बढेको पार्टि नेकपा एमाले सरकारमा रहँदा ऐतिहाँसिक काम गरेको उहाँले बताउनुभयो । आफनो मानचित्रमा छुटेको भूभागलाई समेटर चुच्चे नक्सा जारी गर्ने आँट एमाले सरकाले गरेको भन्दै उहाँले मुलुकलाई सुरुङ मार्गमा प्रवेश गराउने, रेलको लिगहरु विछ्याउने, ४ देखि ६ ल्याण्डका सडकहरु बिस्तार गर्ने र भुकम्पले ढलाएको धरहरा उठाउने जस्ता बिकास र समृद्धिका लहरहरु एमाले सरकारको पालामा भएको बताउनुभयो ।

उहाँले हालै सरकारले प्रस्तुत गरेको सय दिनको प्रगति पुस्तकमा चुच्चे नक्सा गायव हुनु विडम्वना भएको भन्दै यो सरकारमा राष्ट्रभाव नभएको औल्याउनुभयो । विकाशोन्मुख मुलुकलाई विकासशिल राष्ट्रको सूचिमा राख्ने काम एमाले सरकारले गरेको अर्यालको भनाई थियो ।बिकास बिरोधी गठवन्धन सरकारले विकास निर्माण, क्षिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा विनियोजन गरेको वजेट काटेर मन्त्रालयको संख्या थप गर्ने र आफ्ना कार्यकर्ता तथा आफ्ना मातहतका कर्मचारी भर्ती गरेको आरोप लागाउनुभयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य एवं राष्ट्रिय सभा सदस्य भगवति न्यौपाने, केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापा, प्रदेश कमिटि अध्यक्ष नवराज शर्मा, जिल्ला कमिटि अध्यक्ष देवेन्द्र केसी, सविच सुरज केसी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पे्रस चौतारी नेपाल म्याग्दी शाखाका अध्यक्ष प्रताप बानीयाँको अध्यक्षता र सचिव अमित बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

प्राप्तिको जन्म दिनमा शैक्षिक सामग्री सहयोग

पत्रकार शर्माकी छोरीको उपचारको क्रममा निधन

Related posts