प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने

काठमाडौँ, मङ्सिर २८ गते । सङ्घीय संसद् प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । मङ्गलबार बसेको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारबाही कार्यसूची अनुसार अगाडि बढाउनुभएको थियो ।

प्रतिपक्षी दलको अवरोधबीच संसद्‍मा केही अध्यादेश पेश भएका छन् । प्रतिपक्षी दलले अवरोध कायम गरेपछि सभामुख सापकोटाले गृहमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई अध्यादेश पेश गर्न अनुमति दिनुभएको थियो ।

मन्त्री बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७८, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ पेश गर्नुभएको छ ।

You can share this post!

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

सरकारी सुविधा घरदैलोमै पुर्याउन म्याग्दीको तामकमा व्यवसाय दर्ता शिविर

Related posts