एकैदिन वडा अधिबेशनको तयारीमा माओवादी केन्द्र

बेनी, ४  मंसिर । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तहका कमिटीमा आन्तरिक निर्वाचन मार्फत नेतृत्व चुन्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले म्याग्दीका सबै वडामा शनिबार एकसाथ अधिवेशन गर्दैछ ।अधिवेशनका लागि सङ्गठित सदस्यता वितरण, नवीकरण, निर्वाचन कमिटी निर्माणलगायत व्यवस्थापकीय तयारीका काम पुरा भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले केन्द्रिय कार्यक्रम अनुसार एकै दिन वडा अधिबेशन गर्ने तयारी सहित नेताहरु भूगोलमा केन्द्रित भएको जानकारी दिनुभयो ।

मंगला गाउँपालिकाको १, २ र ३, बेनीको ३, धवलागिरीको २ र मालिकाको २ नम्बर वडाको अधिबेशन सकिएको छ । बाँकी ३९ वटा वडामा शनिबार माओवादीले वडा अधिबेशन गर्दैछ । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् ।

भरसक सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिने र सहमति नबन्ने स्थितिमा मात्र मतदानबाट कमिटी निर्वाचित हुने नेताहरुले बताएका छन् । “टोल र सेल कमिटीको भेलाहरु यसअघि नै सम्पन्न भइसकेका छन्, अहिले वडा तहको अधिवेशनमा पार्टी केन्द्रित छ”, वडा अधिबेशन गराउन बेनपा–५ पुलाचौर पुगेका माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले भन्नुभया ,“सबै वडा र पालिकास्तरमा निर्वाचन कमिटी गठन भइसकेको छ ।”

सर्वसम्मत नेतृत्व चयन हुँदा पनि निर्वाचनको सबै विधि र प्रक्रियालाई अवलम्बन गरिने नेताहरुलेब बताएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित २९ सदस्यीय नयाँ वडा कमिटी निर्वाचित हुनेछ । यसअघि नेकपा विभाजनपछिको अवस्थामा गत साउनमा वडा कमिटी पुनर्गठन भएका थिए । ती कमिटी अहिले अधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएका छन् ।

संयोजक जुग्जालीका अनुसार म्याग्दीमा माओवादीको सङ्गठित सदस्यको संख्या तीन हजार पुगेको छ । पार्टीको साधारण सदस्यता पछि वितरण गरिने जनाइएको छ । वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

You can share this post!

जापान र अस्ट्रेलियामा कडा प्रतिबन्धहरु धमाधम हटाइँदै

Related posts