म्याग्दी । नेकपा एमाले बेनी नगर कमिटिको दोस्रो पुर्ण बैठक शुक्रबार एमाले पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न भएको छ । बैठकले एमालेको दशौँ केन्द्रिय महाधिवेशनमा सहभागी, सचिवालय गठन, पार्टी सदस्यता बिस्तार तथा अध्यावधि, वडा कमिटिको वैठक, आर्थिक बिभाग गठन लगाएतका प्रस्तावहरुमा छलफल गरि निर्णय गरेको छ ।
नेकपा एमालेको यहि मंसिर १० देखि १२ गते सम्म चितवनमा सम्पन्न हुन गइरहेको दशौँ केन्द्रिय महाधिवेशनमा बेनी नगरपालिका भित्रका वडाहरुबाट ५०० जना सहभागी गराउने गरि तयारी गर्ने निर्णय गरेको छ । नेकपा एमाले बेनी नगर कमिटि अध्यक्ष नारायण जिसीको अध्यक्षतामा सम्पन्न बैठकले २१ सदस्यीय सचिवालय कमिटि पनि गठन गरेको छ ।
सचिवालय कमिटिमा ५ जना पदाधिकारीहरु सहित कृष्ण बोगटी, नारायण बहादुर कार्की, दिल बहादुर थापा, बिष्णु गुरुङ, बल बहादुर परियार, दिपेन्द्र केसी, मुक्ति खड्का, कृष्णदत्त पौडेल, बिमल रिजाल, भावना पौडेल, टकसरा राना, हरि सुवेदी, बिजय चोखाल, रुद्र रेग्मी, सञ्जिव मल्ल, भोज बहादुर रिजाल रहनुभएको नगरकमिटि सचिव सुवास बिश्वकर्माले जानकारी दिनुभयो ।
त्यस्तै वैठकले नगरपालिका भित्र पार्टी सदस्यता बिस्तार र अध्यावधिक गर्नका लागि वडा कमिटिलाई जिम्मेवारी दिने र १० वटै वडा कमिटिको बैठक मंसिर ३० गते भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसैगरि सचिवालय सदस्य टकसरा रानाको संयोजकत्वमा भोज बहादुर रिजाल, हिरा बहादुर कटुवाल, सुनिता केसी, नबिना रावल, भावना पौडेल र हरि सुवेदी सदस्य रहेको सात सदस्यीय आर्थिक विभाग पनि गठन गरेको सचिव बिश्वकर्माले जानकारी दिनुभयो ।
त्यस्तै संगठनलाई मजबुत बनाउनका लागि सचिव बिश्वकर्मालाई संगठन विभाग प्रमुख र सदस्य बिमल रिजाललाई प्रचार प्रसार प्रमुखको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरि कमिटिको सल्लाहकारमा बेनी नगरपालिका वडा नं ६ का अध्यक्ष समेत रहेका नेता कृष्णसिंह बानीयाँलाई चयन गरेको छ ।
सचिवालय सदस्य बिष्णु गुरुङलाइ महिला विभाग, उपाध्यक्ष लिलाराम गौतमलाई उद्योग तथा बाणिज्य बिभाग, सहसचिव लक्ष्मण कटृवाललाई युवा परिचालन बिभाग र सहसचिव हिरा बहादुर थापालाई जन सम्पर्क विभागको बिभागीय प्रमुखको जिम्मेवारी दिइएको अध्यक्ष जिसीले बताउनुभयो ।
बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य एवँ प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापा, जिल्ला कमिटि उपाध्यक्ष देवेन्द्र कटुवाल, सचिव बालकृष्ण सुबेदी, सचिवालय सदस्य राज कुमार थापा, सचिवालय सदस्य प्रमोद श्रेष्ठ र जिल्ला सदस्य गोबिन्द बानीयाँको बिशेष उपस्थिति रहेको थियो ।