म्याग्दी । नेपाली काँग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सातौँ जिल्ला अधिवेशनको जिल्ला सभापति खम्विर गर्वुजाले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन पुर्व काँग्रेसको पार्टी कार्यालयबाट सुरु भएको बाजागाजा सहितको ¥यालीले बेनी बजार परिक्रमा गरेको थियो । नयाँ नेतृत्व चयनका लागि आयोजित सातौँ अधिवेशनमा जिल्ला भरिबाट ७५० जना क्षेत्रिय प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
जिल्ला उपसभापति माधव रेग्मीले स्वागत गर्नुभएको कार्यक्रममा सचिव क्या. मिन बहादुर कार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा जिल्ला सहसचिव अजयमिलन श्रेष्ठले रचना गर्नुभएको जिवनी संग्रह म्याग्दीका चम्किला तारा बिमोचन गरिएको थियो ।
कार्यक्रममा बोल्ने नेताहरुले म्याग्दीमा काँग्रेसको जनलहर उर्लिएको बताएका छन । अबको स्थानीय, प्रदेश तथा संघको निर्वाचनमा म्याग्दीबाट काँग्रेसको बिजय सुनिस्चित भएको पनि दावी गरेका छन ।
अधिवेशनमा सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गरिने र सर्वसम्मत हुन नसक्ने पदहरुमा निर्बाचन गरिने निर्बाचन मण्डलले जनाएको छ ।