अधिवेशनको तयारीमा जुट्यो प्रेस चौतारी कास्की, मंसीर ३ गते नयाँ नेतृत्व

पोखरा । प्रेस चौतारी नेपाल, कास्की अधिवेशनमा जुटेको छ । पोखरामा मंसीर ३ गते हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरीको अध्यक्षतामा मंगलबार बसेको बैठकपछि गिरीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएका हुन् ।

चौतारीका देशभरका शाखाहरुमध्ये कास्कीले उदहारणीय सन्देश दिनेगरी अधिवेशन सम्पन्न गरिने बैठकले निर्णय गरेको छ । अधिवेशन सफल पार्नका लागि अध्यक्ष गिरीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । यस्तै आवश्यकीय विभिन्न उपसमितिहरु गठन गरी कार्य अघि बढाइएको छ ।

सदस्यता नविकरण एवं नयाँ सदस्यता वितरण उपसमिति संयोजकमा रञ्जन अधिकारी, आर्थिक व्यवस्थापन उपसमितिमा कमल सुवेदी, प्रचारप्रसार उपसमिति संयोजकमा जीवन सुवेदी, मञ्च व्यवस्थापन उपसमितिमा दिपक पौडेल र आन्तरिक व्यवस्थापन उपसमिति संयोजकमा गौरव त्रिपाठी छन् ।

लामो समयदेखि हुन नसकेको चौतारीको अधिवेशनले नयाँ नेतृत्व चयन गर्न लागेको हो । आगामी नेतृत्वका लागि सर्वसम्मतको प्रयास गर्ने समेत बैठकले निर्णय गरेको छ

You can share this post!

पीपीए रोकिँदा १७ खर्बको लगानीमा तगारो

देशभरको मौसम दिनभर कस्तो रहन्छ?

Related posts