म्याग्दीको पिप्लेमा ९९ सदस्यीय युवा संघ र ४५ सदस्यीय युथ फोर्स गठन

म्याग्दी, ८ असोज । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संगठन बिस्तार तथा सुदृढिकरण अभियान अन्तर्गत म्याग्दीको रघगंगा गाउँपालिका ३ पिप्लेमा ९९ सदस्यीय वडा कमिटि गठन भएको छ । शुक्रबार पिप्लेमा आयोजित युवाहरुको भेलाबाट अर्जुन मल्लको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपाल रघुगंगा ३ को वडा कमिटि गठन भएको हो ।

नबगठित कमिटिको उपाध्यक्षमा कुमार परियार ( मालिका ), सचिबमा मनिषजंग केसी, कोषाध्यक्षमा सविन शर्मा र सहसचिवमा गौरव भण्डारी चयन हुनुभएको छ । त्यस्तै भेलाले बचन मल्लको अध्यक्षतामा ४५ सदस्यीय युथ फोर्सको वडा कमिटि पनि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा कुमार परियार ( दुलेपानी ), सचिवमा सुवास सुबेदी, कोषाध्यक्षमा दिनेश भण्डारी, र सहसचिवमा बिजय मल्ल चयन हुनुभएको युवा संघ म्याग्दीका जिल्ला सचिव शिशिर शाहीले जानकारी दिनुभयो ।

भेलामा बोल्दै प्रमुख अतिथि नेकपा एमाले म्याग्दीका उपाध्यक्ष एबँ जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर कटुवालले युवाहरु पार्टीको अभिन्न अंग भएको बताउँदै जनताका मन मन मा बस्ने गरि गतिबिधि संचालन गर्नुपर्ने बताउनुभयो । अहिले पनि हरेक युवाहरुको रोजाई एमाले नै भएको भन्दै अब आउने केन्द्र, प्रदेश र स्थानीय निर्बाचनमा पार्टीलाई जिताउनका लागि युवा संघको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

त्यस्तै नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीले युवाहरुलाई राजनिति संगसंगै उत्पादनमुखि कार्यमा लाग्न पनि सुझाव दिनुभयो । गाउँगाउँमा युवाहरुले गर्न सक्ने हरेक कार्यहरुमा पार्टी साथ, सहयोग रहने भन्दै सामाजिक सद्भाव र परिवर्तनका निम्ती युवाहरु एकजुत बन्न आबश्यक रहको सचिव सुबेदीको भनाई थियो ।

भेलामा युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य प्रबिण शाही, नेकपा एमाले जिल्ला कमिटि सदस्य खिम बहादुर शाही, पार्टी वडा कमिटि अध्यक्ष मोहन कार्की, रघुगंगा ३ का वडा सदस्य पवन कुमार मल्ल वडा युवा संघ जिल्ला सचिव शिशिर शाही अनेरास्ववियुका पुर्व जिल्ला सचिव सुमन पौडेलले मन्तब्य ब्यक्त गर्नु भएको थियो । भेला अर्जुन मल्लको अध्यक्षता, रेशम परियारको स्वागत र सुदर्शन रिजालको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

काँग्रेसको बेनी नगर सभापतिमा रविन्द्र कार्की नेतृत्वको प्यानल घोषणा

मुनामा जातिय मुक्ति समाजको पालिका स्तरीय भेला सम्पन्न

Related posts