राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संगठन बिस्तार तथा सुदृढिकरण अभियान अन्तर्गत म्याग्दीको मालीका गाउँपालीका ६ दरबाङ्गमा ११६ सदस्यीय वडा कमिटि गठन भएको छ । शनिबार दरबाङ्गमा आयोजित युवाहरुको भेलाबाट मिलन सुबेदीको अध्यक्षतामा सो वडा कमिटि गठन गरिएको हो ।
नबगठित कमिटिको उपाध्यक्षमा लोकेन रोका, सचिवमा भिम बहादुर अर्मजा, सहसचिवमा विना निउरे र कोषाध्यक्षमा सुमन रोका रहनु भएको राष्ट्रिय युवा संघ नेपाल मालीका गाउँपालीका संयोजक विनय जुग्जालीले जानकारी दिनुभयो ।
त्यसैगरि भेलाले सौगात गुरुङको संयाजकत्वमा युथफोर्स वडा कमिटि पनि गठन गरेको छ । कमिटिको सह–संयोजकमा अनिल पुर्जा, सचिवमा सोम रोका, सह–सचिवमा विकेश जुग्जाली र कोषाध्यक्षमा राजु पुन चयन हुनुभएको संयोजक जुग्जालीले बताउनुभयो । उहाँका अनुसार खेलकुद कमिटिको अध्यक्षमा मन बहादुर रोकालाई चयन गरिएको छ । कमिटिको उपाध्यक्षमा जित बहादुर रोका, सचिवमा नगेन्द्र आचार्य, सह–सचिवमा गम प्रसाद रोका र कोषाध्यक्षमा विकास गुरुङ रहनुभएको छ । त्यस्तै युवा संघ वडा कमिटिको महिला अध्यक्षको जिम्मेवारी बबिता बिश्वकर्मालाई दिईएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य एबँ सबिधान सभा सदस्य नबराज शर्माले एमाले सरकार भन्दा बाहिर रहदा मुलुक अस्थिरता तर्फ धकेलिएको बताउनुभयो । उहाँले परमादेशबाट बनेको देउवा सरकारले अहिले सम्म पनि मन्त्री मण्डल बिस्तार गर्न नसक्नु असक्षमताको उदाहरण भएको बताउनुभयो । समृद्ध नेपालको परिकल्पना अनुसारको काम गर्ने पार्टी एमालेनै भएकाले समृद्ध नेपाल र सुखी नेपाली बनाउने महत्वपुर्ण लक्ष एमाले सरकार आएपछि मात्रै सम्भव हुने नेता शर्माको भनाई थियो ।
त्यसैगरि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एबं नेकपा एमाले जिल्ला कमिटि म्याग्दीका सचिवालय सदस्य सन्तोष रावलले युवाहरुको जमात एमालेमै रहेकाले म्याग्दी जिल्ला एमालेको लालकिल्ला भएको बताउनुभयो । उहाँले कम्युनिष्ट बिचार र सिद्धान्तलाई आत्मसाथ गर्दै जस्तोसुकै परिस्थितिमा पनि एक कदम अगाडी बढि समृद्ध समाज निर्माणमा महत्वपुर्ण भुमिका निभाउन युवाहरुलाई अनुरोध गर्दै पार्टी बिभाजनले जिल्लामा कुनै असर नपरेको बताउनुभयो ।