नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजबादी ) म्याग्दीको अध्यक्षमा युवा नेता कृष्ण कुमार बिश्वकर्मा चयन हुनुभएको छ । बुधबार म्याग्दी सदरमुकाम बेनीमा आयोजित जिल्ला भेला तथा कमिटि घोषणा कार्यक्रमबाट बिश्वकर्मा अध्यक्षमा चयन हुनुभएको हो ।
भेलाले जिल्ला कमिटिको उपाध्यक्षमा हेमराज शर्मा, सचिबमा दुर्गा कार्की, उप सचिबमा जिबन सापकोटा लाई चयन गरेको छ । ६१ सदस्यीय जिल्ला कमिटिमा केही पदाधिकारी र सदस्यहरु पछि मनोनयन गरिने नबनिर्बाचित सचिब दुर्गा कार्कीले जानकारी दिनुभयो ।
भेलालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य चुडामणी जंगलीले सर्बहारा र श्रमजिबी बर्गको उत्थान गर्ने वास्तबिक कम्युनिष्ट पार्टी एकिकृत समाजबादी पार्टी नै भएको बताउनुभयो । उहाँले नेतृत्वमा मिल्न सक्ने, मिलाउन सक्ने, योजना बनाउन सक्ने, योजनाको कार्यान्वयन गर्न सक्ने र गल्ती भएमा आत्मालोचना गर्ने सक्ने पाँचवटा गुणहरु हुनुपर्ने भन्दै एमाले अध्यक्ष केपी ओली संग यिनै गुणहरु नहुँदा एमाले बिभाजन भइ आफुहरुले नयाँ पार्टी निर्माण गरेको बताउनुभयो । जंगलीले जनताको बहुदलीय जनबादलाई आत्मसाथ गर्दै नेपालको बिशेषतामा आधारित समाजबाद निर्माण गर्ने मुख्य एजेन्डा लिएर पार्टीलाई अगाडि बढाएको भन्दै लोक कल्याणकारी राज्यको अबधारणा अनुसार काम गर्ने बताउनुभयो ।
त्यसैगरि एकिकृत समाजबादी पार्टीका गण्डकी प्रदेश कमिटि सचिब प्रतापलाल श्रेष्ठले केपी ओलीले संसद बिघटन गर्दा बिरोध गर्दै बिपक्षमा उभिएका नेताहरु अहिले एमालेमै रहँदा आफुहरुलाई ठुलो घात भएको बताउनुभयो । कार्यक्रममा केन्द्रिय सदस्य रामजी प्रसाद शर्मा, केन्द्रिय उद्योग बिभागका सदस्य याम श्रेष्ठ, जिल्लाका अग्रज नेता अमर बानीयाँले मन्तब्य ब्यक्त गर्नु भएको थियो । भेला आयोजक कमिटिका संयोजक देउ प्रसाद छन्त्यालको अध्यक्षता, कृष्ण कुमार बिश्वकर्माको स्वागत र रुद्र किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।