धवलागिरी गाउँपालिकाको मुदीमा स्थानीयले गरे एमसीसी बिरुद्ध विरोध प्रर्दशन्

म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा एमसीसी बिरुद्ध विरोध प्रर्दशन भएको छ । मुदीमा रहेको प्रथम धौवलागिरी युवा क्लबको अगुवाईमा आमा समुह र स्थानीय बुद्धि जिवी भद्र भलाद्मी हरुले एमसीसी नेपालको लागि घातक रहेको बताउँदै विरोध प्रर्दशन गरेका हुन् । स्थानीयहरुले नो एमसीसी लेखको प्लेकार्ड बोकेर गाउँमा नारा बाजी गर्दै बिरोध प्रर्दशन गरेको स्थानीय योगेस घर्ती मगरले बताउनु भयो । उहाँले सरकार मार्फत एमसीसी पास गरिएमा मुलुकमा एसीसीको विरुद्ध मुदिबाट नै विरोध प्रर्दशनका कार्यक्रम तोकेर आन्दोलनको शुरुवात हुने बताउनु भयो ।

You can share this post!

एकल नृत्य प्रतियोगीतामा बाग्लुङकी जिबिता खत्री प्रथम

एक हप्तामा खुल्यो अबरुद्ध रहेको बेनी – पोखरा सडक

Related posts