बरंजाको आर्भाङ्गमा राष्ट्रिय युवा संघ मंगला ३ र ४ को विस्तार भेला

म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा राष्ट्रिय युवा संघ नेपाल काे विस्तारित भेला सम्पन्न भएको छ ।
भेलाले मंगला गा.पा वडा न:- ३ मा तेज राेकाकाे अध्यक्षतामा ८१ सदस्यीय युवा संघ र वीर बहादुर घर्ती काे संयोजकत्वमा ६९ सदस्यीय युथ फोर्स कमिटीको गठन गरेको छ ।  त्यसैगरी वडा नम्बर ४ मा गणेश घर्ती संयोजकत्वमा ४५ सदस्यीय राष्ट्रिय युवा संघ र मनिराज रोकाको संयोजकत्वमा ४१  सदस्य युथ फोर्स गठन गरेको छ ।
भेला लाई सम्बाेधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश सदस्य तथा  एमाले म्याग्दीका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले एमाले ईमानदार, जनताको पक्षमा काम गर्ने नेता तथा कार्यकर्ताहरूको पार्टी रहेको  बताउनुभयो । उहाँले विपक्ष दलहरूले समाजमा भ्रम फैलाएको भन्दै सरकारले गरेको कामलाई जनता माझ युवाहरूले बोकेर जानुपर्ने र नेतृत्वको भुमिकामा आउनुपर्ने बताउनुभयो । एमालेको सरकारले नेपाली चुच्चे नक्सा बनाउने देखि, बेरोजगार युवा हरूका लागि प्रधानमन्त्री स्व. रोजगार कार्यक्रम , भुकम्पले ढलेका भवनहरूकाे पुन निर्माण, सडक, एक पालिका एक खेलमैदान,  लगायतका जनता, राष्ट्र र राष्ट्रियता को पक्षमा काम गरेको बताउनुभयो ।

त्यसैगरी भेलालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा पुर्व सामाजिक बिकास मन्त्री नरदेवि पुनले आफू मन्त्री हुदा युवाहरूलाई स्वरोजगार बनाउने खालका तालिम र बजेट को ब्यवस्थापन गरेको बताउनुभयो । जनताको पक्षमा काम गर्ने एमाले सरकार परमादेश र स्वार्थगत गठबन्धनको कारण तत्कालका लागि संघ र प्रदेश सरकार बाट बाहिर रहेपनि पुन जनमतबाट  प्रदेश र संघ सरकारको नेतृत्व एमालेले गर्ने कुरामा कुनै दुई मत नरहेको बताउनुभयो । उहाँले नेता जनताको प्यारो र लोकप्रिय बन्नुपर्ने भन्दै युवाहरू जुझारु, सिर्जनशील र कर्मशील बन्दै राजनीतिक दलमा आवद्ध हुनुपर्ने बताउनुभयो ।

त्यसैगरी मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद राेकाले युवाहरू उर्जाशिल भएर उत्पादन सँग जोडिनुपर्ने बताउनुभयो । युवाहरू लाई रक्सी र मासुको प्रलोभनमा पारेर संगठन बिस्तार को नाममा कुलतमा फसाउन अन्य राजनीतिक दल लागेको बताउँदै एमालेमा आस्था राख्ने युवाहरूले अब भ्रम चिर्नु पर्ने बताउनु भयो । उहाँले युवाहरू मोटो खुकुरी जस्तो बनेको भन्दै युवाहरू धारिलो खुकुरी जस्तो बन्नुपर्ने बताउनुभयो भयो ।
कार्यक्रममा एमाले म्याग्दी जिल्ला कमिटी सचिवालय सदस्य संकर शेरचन, मंगला गाउँपालिका उपाध्यक्ष सृजना केसी, राष्ट्रिय युवा संघ म्याग्दी उपाध्यक्ष तथा युथ फोर्स संयाेजक बिजय घर्ती, अनेम संघ पुर्व जिल्ला उपाध्यक्ष यशुदा राेका,मंगला २ का वडा अध्यक्ष धनबहादुर खाति, अनेरास्ववियु म्याग्दीका नेता दर्पण राेका ,नेकपा एमाले वडा नम्बर ४ का अध्यक्ष कलाधर कंडेलले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

युवा संघ नेपाल मंगला गाउँ कमिटी उपाध्यक्ष सुजत बुढाथोकीकाे स्वागत,  अध्यक्ष दिलिप बुढाथोकीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन सचिव कुमार किसानले गर्नु  भएको थियोे ।

You can share this post!

लुलाङ्गको खबाङ्गमा पहिरो जाँदा दर खोला दोस्रो लघु जलविद्युत परियोजनाको पारव हाउसमा क्षेती

मिलन म्याग्दीको तीज र महिला सशक्तिकरण विषयक अन्तरक्रिया तथा नृत्य प्रतियोगिता

Related posts