इटालीको भिगनेला गाउँमा बनाइयो कृत्रिम सूर्य

पृथ्वीमा एउटा यस्तो गाउँ छ जहाँ वर्षमा तीन महिना त अँध्यारो भैरहन्छ । लामो समयसम्म उज्यालो नै नहुने कारणले गर्दा गाउँका मानिसहरुमा विभिन्न खालका रोगहरु देखिन थाले । त्यसैले अँध्यारोबाट मुक्ति पाउनका लागि गाउँका मानिसहरुले आफैंले कृत्रिम सूर्य निर्माण गरेका छन् ।
डेलीस्टार न्यूजका अनुसार इटालीको उत्तरी क्षेत्रमा पर्ने भिगनेला गाउँ चारैतर्फबाट पहाडले घेरिएको छ । चिसो मौसममा यो गाउँमा सूर्यको किरण पर्दैन । जसका कारण नोभेम्बरदेखि फेब्रुअरीसम्म यो गाउँ झण्डै अँध्यारो जस्तै बन्दछ ।
यति लामो समयसम्म घाम देख्न नपाउँदा मानिसहरुमा विभिन्न खालका समस्या देखिन्थे । गाउँलेहरुमा अनिद्रा, तनाव, थकानलगायतका समस्याहरुका साथै चोरीलगायतका अपराधका घटनामा पनि वृद्धि भएको थियो । सोही समस्याबाट मुक्ति पाउनका लागि गाउँलेहरुले आफैले सूर्यको निर्माण गरेका छन् ।
उक्त गाउँमा सन् २००६ मा एक लाख युरो रकम खर्चिएर ४० वर्ग किलोमिटर ठूलो काँच खरिद गरेर ऐना बनाए र, त्यसलाई पहाडको टुप्पोमा जडान गरे ।
ऐनालाई यसरी ठड्याएको छ कि सूर्यको किरण त्यसमा ठोक्किएर परावर्तन भई सिधै गाउँतर्फ जान्छ र गाउँमा उज्यालो हुन्छ । गाउँलेहरुले रत्तिभर घाम देख्न नपाउने समयमा पनि दिनको ६ घण्टासम्म घाम ताप्न पाउँदछन् ।
गाउँमा कृत्रिम सूर्य निर्माण गर्ने उक्त आइडिया गाउँलेहरुले कुनै विज्ञानका आधारमा नभई मानवीय सोच र अनुभवका आधारमा निकालेका थिए, जुन सफल भयो ।
मानिसहरु उज्यालो र घामको अभावमा निकै कष्ट बेहोर्नुपर्दा त्यस्तो आइडिया फुराएका उक्त गाउँका मेयरले बताएका छन् ।
एजेन्सी

You can share this post!

नेपाली कांग्रेस विपद् व्यवस्थापन समिती लाइ आर्थिक सहयोग प्राप्त

महम्मद उस्मान अलि बचाउन म्याग्दीबाट १ लाख १० हजार ६५ रुपैयाँ सहयोग

Related posts