म्याग्दी सदरमुकाम बेनीमा लायन्स क्लवको आयोजनामा पर्वतको जलजलागाउँपालिका र म्याग्दीको ६ वटा स्थानीय तहकका मोतियाबिन्दु रोगका कारण बर्षौदेखि कष्टकर जिवन बिताइरहेका एक सय बाह्र नागरीकले उपचार पाएका छन् । पर्वतको जलजला र म्याग्दीका ६ वटा स्थानीयतहका विभिन्न ठाउँमा पुगेर क्लवद्धारा सञ्चालन गरीएको आँखा शिविरमा शल्याक्रिया गर्नु पर्ने पहिचान भएका एक सय १२ बिरामी लाइ निशूल्क शल्यक्रिया गरीएको लायन्स् क्लवका रिजन चियर पर्सन तथा आँखा शिविरका संयोजक लोकेश पुनले जानाकारी दिनुभयो ।स्थानीय तहमा सञ्चालन भएको आँखा उपचार शिविरमा दुई हजार दुई सय जनाको आँखा परिक्षण भएको थियो ।
हिमालय आखा अस्पताल पोखरा, नेपाल नेत्र ज्योती संघ, नेपाल रेडक्रस सोसाईटी र बेनी अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको लायन्स क्लब अफ बेनी पिस सिटिका अध्यक्ष खम थापा मगरले जानाकारी दिनु भयो । शल्यक्रिया गरेकाहरुले गुमेको आँखाको ज्योति पाएका छन् । ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा आँखा उपचार सम्बन्धी सुबिधा नहुनु, स्याहार सुधारमा ध्यान नदिनु, गरिबी लगाएतका कारण आँखाका बिरामी बढेका छन् । भौगोलिक रुपमा बिकट बस्तीका विपन्न नागरिकमा आँखा उपचारका लागि पोखरा सम्म पुग्ने आर्थिक र चेतनाको अभाव छ । समयमै मोतियाबिन्दुको समस्या पहिचान र उपचार गर्न नसकेर कतिपयले जलबिन्दु भएर जिवनभर आँखाको ज्योति गुमाउनु परेको नेत्रज्योति संघ म्याग्दीका अध्यक्ष अमर बाँनियाले बताउनु भयो ।