शालीग्राम लघुवित्तको प्रथम साधारण सभा

म्याग्दी जिल्लाको बेनीमा केन्द्रिय कार्यालय भएको शालीग्राम लघुवित्त संस्थाको प्रथम साधारण सभा शनिवार बेनीमा सम्पन्न भएको छ । म्याग्दी सँगै पर्वत, काँस्की, तनहु र नवलपरासी गरी ५ जिल्लामा ५ वटा शाखा कार्यालय विस्तार गरिसकेको उक्त संख्थाले ६ करोड भन्दा बढी लगानि गरेको जनाएको छ ।
कार्यक्रमको उद्धघाटन गर्दै गण्डकी प्रदेशसभाका सदस्य तथा सेयर सदस्य विनोद केसीले लघुवित्त मार्फत जनतालाइ चर्काे ब्याज उठाउने गरेको गुनासा आएको बताउँदै नियम र कानुनमा रहेर कारोवार गर्नु पर्ने बताउनु भयो । उहाँले संस्थाले स्थापनाको सुरुवाती दिनहरुमै विभिन्न जिल्लाहरुमा सेवा विस्तार गर्न सक्नु नै संस्थाको महत्वपूर्ण उपलब्धी रहेको बताउँदै रोजगार सिर्जना हुने र गरिबि निवारण हुने क्षेत्रमा लगानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

https://www.youtube.com/watch?v=V23YU1cb9ew

संस्थाका सेयर सदस्यहरु सन्तोष रावल, सोमनाथ ढुङ्गानाले संस्थाले विपन्न परीवारमा सेवापु¥याउनुका साथै २१ जनामा रोजगारी प्रदान गरेको बताउनु भयो । उहाँहरुले ४० जना सेयर धनि रहेको यस संस्थामा रु १ करोड ६८ लाख १७ हजार चुक्ता पुँजी रहेको र निकट भविष्यमै सर्वसाधारणको लागि जारी पुँजिको ३३ प्रतिशत शेयर निष्कासन गरी चुक्ता पुँजीलाई रु २ करोड ५१ लख पु¥याउने लक्ष्य लिएको बताउनु भयो । संस्था मार्फत आर्थिक बर्ष २०७६र०७७ मा रु ६ करोड १७ लाख लगानी र रु १ करोड ६ लाख बचत संकलन गर्न सफल भएको र ९४७ घर धुरीका अति विपन्न, विपन्न तथा मध्यम परिवारमा सेवा सुवा सुविधा पु¥याएको छ ।
अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको साधरणसभाको सञ्चालन कम्पनी सचिब कुशल पुरीले गर्नुभएको थियो । सभामा अध्यक्ष थापाले बार्षिक प्रतिवेदन, लेखा समिति संयोजक ज्ञानेन्द्र सुवेदीले लेखापरिक्षण प्रतिवेदन, र प्रमुख कार्यकारी अधिकृत मनोज निरौलाले आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

You can share this post!

अनेमसंघ म्याग्दीको जिल्लास्तरीय भेला; देश विकास र जनताका लागि ओली सरकारले धेरै काम गरेको छ पूर्व मन्त्री थापा

संविधान विपरित अदालतको फैसला आए, जनता बाध्य भएर सडकमा आउँछन्ःकांग्रेस नेता खाँड

Related posts