गलेश्वरमा रु १५ करोड लागतमा निर्मित होटल याक संचालनमा

म्याग्दी । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । विगत करिब १५ बर्षदेखि होटल व्यवसायको क्षेत्रमा सक्रिय उद्यमी ताराप्रसाद आचार्य (बाबुराम)ले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर ‘होटल याक बेनी प्रा.लि’ सञ्चालनमा ल्याउनुभएको हो ।

४० वटा स्तरीय कोठा सहितको होटलमा अहिलेसम्म रु १५ करोड बढी लगानी भएको सञ्चालक आचार्यले जानकारी दिनुभयो । निर्माण सूरु भएको करिब १ बर्ष १ महिनाको अवधिमा होटल, रेष्टुरेन्टको पूर्वाधार निर्माण सकेर सेवा सूचारु गरेको होटल सञ्चालक आचार्यले बताउनुभयो ।
यस होटलमा डिलक्स, एसी र नर्मल कोठाहरुको सुविधा रहेको छ भने बैठक, भेला, तालिम लगायतका कार्यक्रमहरुको लागि तालिम हल समेत निर्माण गरिएको छ । होटलको रेष्टुरेण्ट होटल परिसरमै छुट्टै निर्माण भएको छ । ‘‘म्याग्दी र मुस्ताङ आउने पर्यटकहरुलाई सस्तो शुल्कमा स्तरीय सेवा र सुविधा सहितको बसोबासको सुविधा दिन हामी आएका हौँ, होटलमा स्थानीय उत्पादनका परिकारहरुलाई समेत प्राथमिकता दिएका छौँ, धार्मिक पर्यटकलाई लक्षित गरेर छिट्टै साहाकारी भोजनालयको समेत सेवा थप गर्ने तयारी छ’’–होटल सञ्चालक आचार्यले भन्नुभयो ।

होटलबाटै प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयको अवलोकन गर्न सकिने यस होटमा तातो÷चिसो पानी, टिभी, इन्टरनेटको सुविधा संगै होटलका संरचनालाई अपाङ्गमैत्री बनाइएको छ । यस होटलमा एक दिनमा १५० बढी जनालाई बास बस्न सक्ने क्षमता रहेको छ । गलेश्वरदेखि मुक्तिनाथ र कालीगण्डकी कोरिडोर हुँदै कोरला नाकामा आउने पर्यटकहरुलाई सुविधा दिन होटल याकले सहयोग पुग्ने पर्यटन व्यवसायीहरु बताउँछन् । गत कात्तिदेखि सञ्चालनमा ल्याईएको यस होटललाई पूर्ण क्षमतामा सेवा सूचारु भएपछि औपचारिक सुभारम्भ समेत गरिएको छ ।
शनिवार नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले होटल याकको औपचारिक उद्घाटन गर्नुभएको हो । उहाँले यस होटलले म्याग्दी र मुस्ताङको पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । ‘‘होटल पर्यटकहरुको लागि आधारभूत सुविधा हो, नीजि क्षेत्रले होटल लगायतको क्षेत्रमा गरेको योगदानले मुलुकको समेत अर्थतन्त्र सुधार र विकासमा योगदान पु¥याउँछ, कालीगण्डकी कोरिडोर र कोरला नाकाको कारण पनि यस क्षेत्रमा होटलको विकास जरुरी थियो’’–अध्यक्ष ढकालले भन्नुभयो ।

पछिल्लो समय म्याग्दीमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर सुविधायुक्त होटल थपिने क्रम बढेको छ । म्याग्दीको सदरमुकाम बेनी, गलेश्वर, पोखरेबगर, पुनहिल, टोड्के, भुरङतातोपानी, सिंगातातोपानी, दरवाङमा ब्यवसायीले ठुलो लगानी गरेर होटल सुविधा विस्तार गरेका हुन् । होटल सुविधा विस्तार भएसंगै हिमालपारीको जिल्ला मुस्ताङ र म्याग्दी घुम्न आउने पर्यटकलाई खानेबस्नेको समस्या नहुने अवस्था सिर्जना भएको म्याग्दी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

You can share this post!

जिल्ला स्तरीय अन्तर मावि हाजिरी जवाफमा लिटल गार्डेन प्रथम

पर्वतको जलजला गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न, रु १ करोड ३९ लाख थप बजेट विनियोजन

Related posts