नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बेनी नगरको अध्यक्षमा गौचन

बेनी । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ बेनी नगरको अध्यक्षमा दिलिप गौचन चयन हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न प्रथम नगरभेलाबाट गौचन अध्यक्ष पदमा चयन हुनुभएको छ । उपाध्यक्षमा सन्देश पाइजा ९सुवास०,सचिवमा नेत्रबहादुर पुन ,सहसचिवमा पुरण छन्त्याल,कोषाध्यक्ष विजय भट्टचन चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा अर्विन श्रेष्ठ,शेरबहादुर गुरुङ,पुर्णकुमारी छन्त्याल,यमाया छन्त्याल,नारायण थापा र प्रकाश थापा लगायत ११ सदस्यीय नगरकार्यसमिति चयन गरेको छ। नगरपालिकाका सबै वडामा संगठन विस्तार गर्ने अध्यक्ष गौचनले बताउनुभयो ।

भेलाललाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष विरेन्द्र बुढाथोकीले महासंघले पार्टीभित्र आदिवासी जनजाती समुदायको अधिकार प्राप्तीको लागि लड्न बल पुग्ने बताउनुभयो । उहाँले पार्टीको कार्यक्रम,निति,सिद्धान्त र उद्धेश्यबारे सबैलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । साथै उहाँले जिल्लाका सबै पालिकामा संगठन विस्तार गरिने जानकारी गराउनुभयो ।

You can share this post!

सौन्दर्यकलाद्वारा आर्थिक सहयोग हस्तान्तरण

म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाइने

Related posts