नेपाली क्रिकेट टीमसँग प्रधानमन्त्रीको भर्चुअल बैठक, पाकिस्तानमाथि जितको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जितको शुभकामना दिनुभएको छ ।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गर्नुभएको हो। शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताउनुभएको छ ।

भर्चुअल बैठकमा नेपाली टीमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई आश्वस्त पार्नुभयो। नेपालले घरेलु टीम पाकिस्तानसँग नेपाली समय अनुसार आज दिनको ३ः१५ बजे खेल्दैछ । nepalpress

You can share this post!

गायक ध्रुव जिसी र अन्जु पन्तको ‘मायालु गुन्य चोलीमा’ (भिडियो सहित)

गुर्जामा उच्च घनत्वको स्याउ फल्यो

Related posts