दरबाङको अल्काचौरमा प्राथमिक आँखा उपचार शिविर

म्याग्दी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औं बार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्षको अवसरमा जिल्लाको मालिका गाउँपालिका ६ अल्काचौरको सति आधारभूत विद्यालयमा आइतबार निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाले आयोजना गरेको उक्त शिविरमा स्थानीय,तथा विद्यार्थीहरु गरी १ सय ४२ जना लाभान्वित भएका नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

शिविरमा ९४ जना महिला र ४८ जना पुरुष गरी १ सय ४२ जनाको आँखाको परिक्षणका साथै निशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा अन्य रोगका विरामीहरुको पनि स्वास्थ्य जाँच गरिएको थियो । सेवा लिन ७ वर्षिय बालबालिकादेखि ८० वर्षिय वृद्धबृद्धाहरु समेत आएका थिए । शविरमा दरवाङ उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र दुईजना स्वास्थ्य प्राविधिकहरुले सेवा प्रदान गरेका थिए ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सभापति भीमप्रसाद गौतमको अध्यक्षता र सचिव हिराबहादुर पुनको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका पदाधिकारी र स्थानीय समाजसेवी तथा बुद्धिजीविहरुको पनि उपस्थिति रहेको थियो ।

You can share this post!

आईएमई लाइफ ईन्स्योरेन्सद्वारा एजेन्सी म्यानेजरलाई अवार्ड वितरण

मोना अन्तराष्ट्रियको अध्यक्षमा घारका ददिवल खड्काको उम्मेदवारी

Related posts