जलजलाको गाउँसभामा बहुमत कार्यपालिका सदस्यहरुको असन्तुष्टि

म्याग्दी । पर्वतको जलजला गाउँपालिकामा बहुमत जनप्रतिनिधिहरुले गाउँसभामा अनुपस्थित रहेर विरोध जनाएका छन । विहिबार पर्वत बेनीमा पत्रकार सम्मेलनको आयोजना गरि गाउँपालिकाको १४ औँ गाउँसभामा आफुहरु उपस्थित नभएको विषयमा जानकारी गराईएको हो । वडा अध्यक्ष र कार्यपालिका सदस्य गरि ११ जनाको हस्ताक्षरमा प्रेस विज्ञप्ती समेत प्रकाशन गरिएको छ ।

वडा नम्वर ५ का वडा अध्यक्ष तिलक जिसीले नीति तथा कार्यक्रम र बजेटको बारेमा कार्यपालिका बैठकमा कुनैपनि छलफल नगरिएको, गाउँसभामा पेस गर्नुअघि कार्यपालिका बैठकमा अनुमोदन गर्नुपर्ने प्रक्रियालाई मिचेकोले आफुहरुले असन्तुष्टि जनाएको बताउनुभयो ।

कुन योजनामा कति बजेट छ? वडाको आवश्यकताको आधारमा नीति तथा कार्यक्रम र बजेट विनियोजन भएको छ कि छैन ? यि सवै विषयहरुमा हामीलाई अनविज्ञ बनाईयो, वडा अध्यक्ष जिसीले भन्नुभयो, “विधिको शासनमा विश्वास गर्ने हामी पटक पटक वेथितिको शासनको साक्षी बस्न सकिएन” ।

असार १० गते गणपुरक संख्या नपुगी स्थगित भएको गाउँसभा असार १२ गते बोलाईएको थियो । १२ गतेपनि उहाँहरु अनुपस्थित रहेपछि स्थगित भएको गाउँसभा विहिबार (आज) संचालन हुँदै छ ।

आजको गाउँसभामा उपस्थित हुने तर त्यहि अवस्थाको नीति तथा कार्यक्रम र बजेट पास गर्न सहमत नहुने वडा नम्वर ४ का अध्यक्ष भरत बहादुर क्षेत्रीले बताउनुभयो । यद्यपी सहमति र सहकार्यको विकल्प नरहेको र त्यसका लागि वार्ता र छलफलका सवै ढोकाहरु भने खुला रहेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले सहमतिको वातावरण सृजना गरि गाउँसभा संचालन गर्नका लागि छलफल भईरहेको बताउनुभयो ।

You can share this post!

अक्षयकोष बृद्धिका लागि संचालित चिठ्ठाको नतिजा सार्वजनिक

बाबियाचौरमा भाषणकला तथा नेतृत्व विकास तालिम सम्पन्न

Related posts