बेनीको लिटल गार्डेन एकेडेमीद्धारा सरसफाईकर्मीलाई सम्मान

म्याग्दी । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले विश्व वातावरण दिवसको अवसरमा सोमबार बजार क्षेत्रको फोहोर व्यवस्थापन कार्यमा खटिदै आएका नौँ जना व्यक्तिलाई सम्मान गरेको छ ।

विद्याययले वातावरण संरक्षणमा सरसफाईकर्मीहरुको योगदानको कदर गर्दै शेर बहादुर शेरपुजा, दिपेन्द्र घर्ति, विष्णु रसाईली, जगत बन सन्यासी, संगिता थापा, खड्ग बहादुर नेपाली, याम प्रसाद दमाईं, कुल प्रसाद दमाईं, कुशल थापालाई सम्मान गरेको हो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी, प्रिन्सिपल दिपक सुवेदी, प्राज्ञिक सल्लाहकार प्रेम जिसी, अतिरिक्त क्रियाकलाप संयोजक नगेन्द्र गौतम, बेनी नगरपालिकाका स्रोत व्यक्ति जयराम सुवेदी लगायतले सरसफाइकर्मीहरुलाई सम्मानपत्र, दोसल्ला र अविर लगाएर सम्मान गर्नुभएको थियो ।

बेनी नगरपालिकासंगको सम्झौता बमोजिम मिसन फोर वेष्ट म्यानेजमेण्ट प्रा.लि.ले बेनी बजार, गलेश्वर लगायतका शहरी क्षेत्रको फोहोर संकलन गर्दै ठूलो पहिरोमा रहेको व्यवस्थापन केन्द्र मार्फत प्रशोधन गरि व्यवस्थापन गरिँदै आइएको छ ।

कार्यक्रममा सरसफाइकर्मीहरुलाई फोहोर संकलन र व्यवस्थापनमा प्रयोग हुने सरसफाईका सामाग्री समेत प्रदान गरिएको थियो । विगतका बर्षमा विश्व वातावरण दिवसलाई कालीगण्डकी कोरीडार सरसफाई, वृक्षारोपण लगायतका कार्यक्रम गरि मनाउने गरिएकोमा यस बर्ष सरसफाई कार्यलाई सम्मान र विद्यार्थीहरुमा सन्देश प्रवाह गराउने उदेश्यले सरसफाइकर्मीलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थापाले विश्वभर प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउँदै हरेक घरबाट फोहोरको बर्गीकरण गरेर संकलन र व्यवस्थापनको कार्यलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले फोहोर व्यवस्थापनमा सरसफाइकर्मीको महत्वपूर्ण भूमिका रहने बताउँदै उनीहरुको सम्मानले फोहोर व्यवस्थापन कार्यमा गरेको योगदानको उचित कदर भएको बताउनुभयो ।

विद्यालयका संस्थापक निर्देशक सुवेदीले विद्यार्थीहरुमा फोहोर बर्गीकरणको सन्देश प्रवाह र सरसफाइकर्मीको प्रोत्साहनका लागि सम्मान कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक याम प्रसाद दमैले हरेक घरबाट कुहिने, नकुहिने र जोखिमपूर्ण फोहोरलाई बर्गीकरण गरि संकलन गर्ने व्यवस्था हुन सकेमा फोहोरको उचित व्यवस्थापन संगै फोहोरबाट आम्दानी समेत गर्न सकिने बताउनुभयो । कार्यक्रम विद्यालयका प्रिन्सिपल सुवेदीको अध्यक्षता, अतिरिक्त क्रियाकलाप संयोजक गौतमको स्वागत र प्राज्ञिक सल्लाहकार जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

You can share this post!

बेनीमा प्रथम म्याग्दी भलिवल रनिङ कपको ट्रफी सार्वजनिक

बेनीबाट पोखराका लागि छुटेको बस कुस्मामा दुर्घटना हुँदा १८ जना घाइते

Related posts