दग्नाम भुमे पुजाको लिङ्गो जुधाईमा दुबै गाउँ बराबरी

धनिलाल गर्वुजा
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ ,दग्नाममा परम्परागत रुपमा भुमे पुजाको अवसरमा हुने लिंङ्गो जुधाईमा दुवै गाउँ बराबरी भएका छन । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाउँदा यो बर्ष दुबै गाउँ बराबरी भएको हो ।

करिब चार सय बर्ष पुरानो इतिहाँस बोकेको मानिने लिङ्गो जुधाउने कार्यक्रमलाई यो बर्ष पनि दग्नामबासीले निरन्तरता दिएका हुन् । बिशेष गरी प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन दग्नाममा दुई गाउँ बिच लिङ्गो जुधाउने गरिन्छ । भुमे पुजा पर्वको अवसरमा दुई गाउँका स्थानियले मुल्का डाँडामा ध्वजा पतकाले सिंगारिएको बाँसको लिङ्गो प्रतिस्पर्धा गराएको एकता क्लव दग्नामका उपाध्यक्ष टेगेन्द्र गर्बुजाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ पनि भूमे पुजामा सहभागी भई लिङ्गो जुधाई प्रतियोगिताको अवलोकन गर्नुभएको थियो । धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको क्षेत्रलाई विशेष प्राथमिकता दिएर संघमा पहलकदमी चाल्ने सांसद गर्बुजा प्रतिबद्धता जनाउनुभयो । रघुगंगा गाउँपालिका–४ ,दग्नामका वडा अध्यक्ष पविन गर्बुजाले आगामी आर्थिक वर्षमा धार्मिक तथा पर्यटकीय क्षेत्रको स्तरोन्नती र पूर्वाधार विकासको क्षेत्रलाई विशेष प्राथमिकता दिएर वडाले बजेट विनियोजन गर्ने बताउनुभयो ।

दग्नाम गाउँदेखि माथि शिरमा रहेको डाँडामा निकै रोचक तवरले आयोजित लिङ्गो जुधाइको अबलोकनका लागि गाउँदेखि टाढा तथा प्रवासमा रहेका दग्नामबासी लगायत अन्य छिमेकी गाउँका सर्वसाधारणको समेत बाख्लो उपस्थिति रहेको थियो । स्थानिय पुर्ख्यौली गित, नृत्य, साईलो भाका गित र पञ्चेवाजाको रमाईलो उत्सवका विच स्थानियले मंगलवार विहान भुमे देवताको पुजा गरेपछी दिउँसो भुमे देवतालाई खुसी बनाउनका लागी बाँसको अग्लो लिङ्गो जुधाएको जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनले जानकारी दिनुभयो ।

“यो हाम्रो संस्कृति हो, यसले दग्नामको पहिचान बोकेको छ, परम्परादेखि चल्दै आएको लिङ्गो जुधाउने प्रतियोगितालाई निरन्तरता दिन हामी लागीरहन्छौँ ’’– उहाँले भन्नुभयो । ” केही बर्ष अगाडि सम्म दुई गाउँबिच प्रतिष्ठालाई बढवा दिएर लिंगो जुधाउने गरिने भएपनि पछिल्लो समय भने रमाइलो, खुसियाली र भावनात्मक प्रतिस्पर्धाको रुपमा लिङ्खो जुधाउने गरिएको छ ।

जेठा भुमेको रुपमा चिनीने भएकाले स्थानियले एकै दिन सामे भुमे, सिद्ध भुमे, देवि, देउराली,भारा र खोलामण्डलीको पुजाआजा गर्ने प्रचलन रहिआएको छ । हरेक बर्षको जेष्ठ महिनामा बर्षभरिको खेतीबालि राम्रो होस, बाढि, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपको सृजना नहोस, स्थानियबासीको सु–स्वास्थ्यको कामना गर्दै सदियौंदेखि भुमेपुजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ ।

You can share this post!

म्याग्दीका स्थानीय तहलाई २ अर्ब १२ करोड ६२ लाख बजेट विनियोजन, कसले कति पाए ?

बेनीमा सुर्तीजन्य पदार्थरहित साथी शिक्षा कार्यक्रम

Related posts