लुलाङमा ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभव आदानप्रदान

म्याग्दी । म्याग्दीको दुर्गम गाउँ धवलागिरि गाउँपालिका– २ लुलाङमा ज्येष्ठ नागरिको ज्ञान, सिप र अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न अन्तरसम्वाद कार्यक्रम गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र रुईसे मिडिया प्रा.लि. को आयोजनामा शुक्रबार भएको ज्येष्ठ नागरिक अन्तरसम्वाद कार्यक्रममा ज्येष्ठ नागरिकले आफ्ना जीवन्त रहेका ज्ञान, सिप र अनुभवहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकले गाउँमा पहिले शिक्षा, स्वास्थ्य सडक खानेपानीका अभाव विच जीवन विताएपनि शिक्षा र स्वास्थ्यको पहुँच, सडक सुविधा लगायतको विकास र्निर्माणका पूर्वाधारले अहिल्य दुर्गम गाउँको जनजीवन सहज बन्दै गएको अनुभव सुनाउनुभयो ।

ज्येष्ठ नागरिकले परम्परागत घुम्ती गोठ राखेर पशुपालन गर्नुपर्ने पेशा, ऊन र भुवाबाट कपडा बुन्ने पेशा, आरन लगायतका परम्परागत पेशाहरु आधुनिकिकरण र ब्यवस्थित नगर्दा नयाँ पुस्तामा हस्तान्तरण गर्न समस्या भएको बताउनुभयो ।

अन्तरसम्वाद कार्यक्रममा जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालले ज्येष्ठ नागरिकहरु संग हरेक विषको ज्ञान तथा अनुभव हुने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको ज्ञान, सिप नयाँपुस्ताको लागि सम्पति र सस्कृतिको रुपमा अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले परम्परागत ज्ञान, सिप र क्षमतालाई नयाँ प्रविधि जोड्न सकेमा रोजगार सिर्जना मौलिकताको संरक्षण हुने उहाँको भनाई थियो ।

सामाजिक कार्यालयका प्रमुख रमेश थापाले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभवलाई अन्तर पुस्तामा हस्तान्तरण गर्न र नयाँ पुस्तालाई जानकारी गराउन अन्तरसम्वाद कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो । उहाँले कार्यालयले ज्येष्ठ नागरिकको अनुभवबारे अन्तरसम्वाद, बृतचित्र निर्माण, स्वास्थ्य परिक्षण, सामाग्री सहयोग र लेख रचना लगायतको कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

वडा अध्यक्ष अकप्रसाद विकको अध्यक्षता, सामाजिक विकास कार्यालयका प्रमुख थापा मगरको स्वागत मन्तव्य रहेको अन्तरसम्वाद कार्यक्रममा जिल्ला अदालतको स्रेस्तेदार तेजप्रासद पौडेल, धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुव रिजाल लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार कमल खत्री, शिव आचार्य र सुरेन गुरुङले गर्नुभएको थियो ।

सामाजिक विकाय कार्यालयले धवलागिरीकै वडा नम्वर १ गुर्जामा बसोबास गर्ने छन्त्याल जातीको संस्कृति समेटेर बृतचित्र समेत तयार गर्न लागेको छ । त्यहाँका छन्त्यालहरुको परम्परा, रहनसहन, रीतिरिवाज, संस्कृति तथा हिजो र आजको अवस्थाको बारेमा स्थलगत अध्ययनका लागि संचारकर्मीहरु सहितको टोली गुर्जा पुगेको छ । टोलीमा सहभागी म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष समेत रहनुभएका पत्रकार कमल खत्रीले छन्त्याल जातीको वास्तविक जीवन शैलीलाई वृत्तचित्रमा समावेश गरिने बताउनुभयो ।

You can share this post!

धवलागिरीका शिक्षकलाई शैक्षिक तालिम

एक ठेकेदारले पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्थालाई संशोधन नगर्न संघको आग्रह

Related posts