धौलागिरि अधिकृत विक्रेता संघको अध्यक्षमा राजन श्रेष्ठ

म्याग्दी । धौलागिरि अधिकृत बिक्रेता संघको आठौँ साधारणसभा तथा चौँथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले म्याग्दीका व्यवसायी राजन श्रेष्ठको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गरेको छ ।

सर्वसम्मत रुपमा चयन भएको संघको कार्य समिति उपाध्यक्षमा प्रणिनाथ गौतम, महासचिवमा हेमन्त बानिया, सचिवमा दिपेन्द्र कडेल र कोषाध्यक्षमा नारायण ढुङ्गाना चयन हुनुभएको छ ।

सदस्यहरुमा जगन्नाथ शर्मा, ईश्वर बरुवाल, सुमन श्रेष्ठ, ताराप्रसाद पौडेल, विमल अधिकारी, विजय पौडेल, हरिप्रसाद आचार्य, शशी भट्टराई र चिरञ्जिवी शर्मा रहनुभएको छ । विभिन्न उद्योगहरुले उत्पादन गरेका सामानको धौलागिरिमा आपुर्ति गर्ने आधिकारिक विक्रेताहरु संघमा आवद्ध छन् ।

संघले व्यवसायिक हितका लागि पैरवी गर्नुका साथै विपद् र समस्यामा परेका आफ्ना सदस्यहरुलाई सहयोग गर्दै आएको छ । चैत १८ गते बेनपा–१ रत्नेचौरमा आयोजित अधिवेशन समय अभावका कारण स्थगित भएको थियो । शनिबार बागलुङ स्थित संघको सचिवालयमा नेपाल वितरक संघका केन्द्रिय अध्यक्ष हरिराज पन्तको प्रमुख आतिथ्यतामा साधारणसभा तथा अधिवेशन सम्पन्न गरिएको महासचिव बानियाले बताउनुभयो ।

You can share this post!

बेनीका व्यवसायी श्रेष्ठद्वारा जन्मदिनमा आर्थिक सहयोग प्रदान

धवलागिरीका शिक्षकलाई शैक्षिक तालिम

Related posts