एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा पाण्डे सर्वसम्मत

म्याग्दी । एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति, म्याग्दीको सातौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिवार बेनीमा सम्पन्न सम्मेलनबाट पुनः होमनाथ पाण्डेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ । पाण्डे यसअघि पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।

संगठनको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा त्रिबिक्रम सुबेदी, कोषाध्यक्षमा खबहादुर किसान रहेको समिति सर्वसम्मत गठन गरिएको संगठनका बेनी नगरपालिका अध्यक्ष मदन सुवेदीले जानकारी दिनुभयो ।

सातौँ जिल्ला सम्मेलनलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले स्थानीय रुपमा भएको उद्योग र पर्यटनको सम्भावनाहरुलाई उजागर गर्न शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

उहाँले शिक्षकहरुबीचको बिभेद, बेथिति, बिकृति हटाउन र शैक्षिक सुधारका लागि संगठित हुन शिक्षकहरुलाई आग्रह गर्नुभयो । सम्मेलनमा गण्डकी प्रदेश सरकार र मन्त्रालयको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज गोविन्द पौडेल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका गण्डकी प्रदेश संयोजक तथा केन्द्रिय सचिब सोमनाथ ढुङ्गानाले संगठनमा आवद्ध शिक्षकहरुले नेतृत्व गरेर बिद्यालयलाई शैक्षिक, भौतिक हिसाबले नमुना बनाउन आग्रह गर्नुभयो ।

त्यस्तै गण्डकी प्रदेश सदस्य हरी भण्डारीले शैक्षिक र राजनीतिक सुधारमा विद्यालयस्तरबाटै शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सम्मेलनमा बेनी नगरपालिका अध्यक्ष मदन सुवेदी, धवलागिरी गाउँपालिका अध्यक्ष नेत्रलाल सुवेदी, मालिका गाउँपालिका अध्यक्ष नविन पुन, मगंला गाउँपालिका अध्यक्ष रमेश सुवेदी, रघुगंगा गाउँपालिका अध्यक्ष चिरञ्जीवी खत्रीले पालिकास्तरको संगठनको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष होमनाथ पाण्डेको अध्यक्षता, उपाध्यक्ष देवराज शर्माको स्वागत र सचिव गोविन्द्र शर्माको संचालनमो उद्घाटन सत्र सम्पन्न भएको थियो ।

You can share this post!

बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने

मिलन म्याग्दीले मनायो २४औं स्थापना दिवस

Related posts